सहिदको रगत खेर जान दिदैनौ : प्रकाण्ड

२०७५ मंसिर ८ गते, शनिबार

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका प्रकाण्डले जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले बगाएको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेक छन । पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकापले आज आयोजना गरेको बिशाल जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले अब देशमा निर्णायक क्रान्तिको आवश्यकता भैसकेको ठोकुवा गरेका छन । प्रकाण्ड नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको विशाल जनसभाका प्रमुख अतिथि रहेका थिए । उनले नेपाली जनताको मुक्तिका लागि लडिरहेको आफ्नो पार्टी नेपाल कम्युनिस्ट महासचिव विप्लवको नेतृत्वमा गतिशील तरिकाले अघि बढिरहेको प्रस्ट पार्दै भने, ‘तपाईंका छोराछोरीले क्रान्तिमा बगाएको रगत र पसिना कुनै पनि कोणबाट खेर जान दिँदैनौंँ । यो सिंगो पार्टीका तर्फबाट प्रतिबद्धता हो ।’
सार्वजनिक कार्यक्रम गर्न दिने ठाउँसमेत दिन नसकेको सरकार फासिवादतर्फ उद्यत रहेको भन्दै प्रकाण्डले पार्टी पाँच वर्षमा प्रवेश गरेको अवसरमा महासचिव विप्लवको शुभकामनाा सन्देश पनि सहभागी जनसमुदायलाई सुनाए । नेकपाको जनपक्षीय कार्यक्रम र नारा देखेर नियोजित रुपमा कार्यक्रम गर्ने स्थलसमेत नदिएर गृह प्रशासनले फासिवादी सरकारको इसारामा लाचारी प्रकट गरेको बताए । फासिवादी र दलाल सरकारका कारण देशमा राष्ट्रघात र जनघात तीव्र गतिमा भइरहेको बताउँदै उनले त्यो कदम तत्काल नरोकिए सबै जनता राष्ट्रिय मुक्ति सेनामा परिणत हुने चेतावनीसमेत दिए ।
प्रवक्ता प्रकाण्डले निर्मला पन्तको हत्यारालाई पत्ता लगाएर केपी–प्रचण्डको अगाडि पछार्ने काम आफ्नो पार्टी गर्ने ठोकुवा गरे । प्रकाण्डले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाएर केपी–प्रचण्डको अगाडि सडकमा ल्याएर नेकपाले कारबाही गरेर देखाउने बताए । निर्मला पन्तको हत्याको विरोधमा संघर्ष गर्ने र त्यसनिम्ति आन्दोलन घोषणा गरिसकेकोले सहभागी हुन प्रकाण्डले अपिलसमेत गरे ।

प्रतिक्रियाहरु

[anycomment]