निर्मलाका बाबुलाई बेहोस् बनाएर काठमाडौं ल्याइदै

काठमाडौं, ९ मंसिर । छोरीको न्यायका लागि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा मानसिक समस्या देखिएपछि बेहोस् बनाएर गाडीबाट काठमाडौं ल्याउन लागिएको छ । असामान्य व्यहार देखाएपछि सेती अञ्चल अस्पतालमा बेहोस बनाएर अबेर राति काठमाडौं तर्फ पथाइएको बताइएको छ । सुरक्षाका कारण विमानबाट काठमाडौं पठाउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए । बिष्टले यज्ञराजमा मानसिक समस्या देखिएपछि चिकित्सकले काडमाडौँ लैजान सुझाव दिएको बताए । निर्मलाको परिवार १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका थिए । १० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कार पछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।