पत्रकार महासंघद्वारा गिरफ्तार पत्रकार चन्दको रिहाईको माग

काठमाडौं, १२ मंसिर । पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दको गिरफ्तारी प्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको महासंघले जनाएको छ । महासंघका महासचिव रमेश बिष्ट द्वारा जारि प्रेस बिज्ञप्तिमा भनिएको छ, संचारमाध्यमबाट प्रकाशित तथा प्रसारित सामाग्रीका बारेमा छानबिन गर्न र कारबाही गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाइ छ । काउन्सिल अधिकारक्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीबाट बारम्बार पत्रकार पक्राउ गरिनु र बिभिन्न कानुन अन्तर्गत मुद्दा चलाउने कार्यले संचार जगतलाई हतोत्साहित बनाएको छ । प्रहरीद्वारा पत्रकार माथि हुने प्रेस तथा अभिव्यक्ति स्वतन्त्र बिरोधि कार्य बन्द गर्न आग्रह गर्दै गिरफ्तार पत्रकार चन्दलाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग समेत गरेको छ ।