‘नेकपामा समानान्तर कमिटी’ हास्यास्पद र भ्रामक समाचार

काठमाडौ, १५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्व्युरो सदस्य मोहनबहादुर कार्की जिवन्तले नेकपामा समानान्तर कमिटी बनेको भनेर केही अनलाइन मिडियामा अाएको समाचार हास्यास्पद र भ्रामक भएको बताएका छन ।
केही हप्ता यता केही अनलाइनहरुले नेकपामा जवसमोर्चामा २ कमिटी बनेको र पार्टी महासचिव विप्लव र प्रवक्ता प्रकाण्डका छुट्टाछुट्टै कमिटी बनेको भनेर अाएका समाचार प्रति लक्षित गर्दै नेता कार्किले गत ८ गतेको बिशाल जनशभा र वृहत् जनप्रदर्शन देखेर हाम्रो पार्टीको देशभरको जनलहर र लोकप्रियता देखेर अतालिएका केही मान्छेहरुले पार्टी बिरुद्ध अफवाह फैलाएको अारोप लगाए । एकअर्को प्रशङमा कुरा गर्दै नेता कार्किले अहिले सम्म हाम्रो पार्टीमा कोही कसैले समानान्तर कमिटी बनाएको छैन यो भ्रम बाट मुक्त हुन अाग्रह गरेका छन । जनस्वास्थ्यकर्मि मँहासङ र पत्रकार सँगठन विचको विषयलाई नेता कार्किले जनस्वास्थ्यकर्मि मँहासघमा पदाधिकारी कसलाई बनाउने बिषयमा पार्टी हेडक्वाटरमा नै एकमतले छलफल भएको र पार्टी निर्णय अनुसार टिका कडेलको अध्यक्षतामा कमिटी बनेको भन्दै नेता कार्किले जनस्वास्थ्य बाट विदा भईसकेकाहरुले छुट्टै सँगठन बनाउनुको कुन तुक नहुने र त्यो बैधानिक पनि नहुने बताए । उनले पत्रकार सँगठन बारे प्रकाश डुम्रेको अध्यक्षतामा कमिटी क्रियशिल भएर देशभर पुगेको वेला पार्टिबाट कारबाही परेका र पार्टीमा सदस्य नै नभएका मान्छेहरु बाहिर के कमिटी बनाउछन के गर्छन त्यो बिषयको कुन तुक नहुने उनको तर्क थियोे ।
जवस मोर्चाका ईन्चार्ज समेत रहेका नेता कार्किले भने पार्टी विरुद्ध विभिन्न तत्वहरु लाईराखेकोले सचेत रहन नेता कार्यकर्तालाई अाग्रह समेत गरे । हाम्रो पार्टीको देशब्यापि माहोल र जनलहर देखेपछि केही मान्छेहरु पार्टी बिरुद्ध योजनाबद्ध ढंगले लागेको र समानान्तर कमिटीको हौवा पिटाएका छन यो गलत हो । केही मान्छेहरु योजनाबद्ध ढंगले पार्टी बिरुद्ध लागेका छन यो बाट सचेत रहनु पर्छ उनलेे भने ।
पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड बिच कुनै मतभेद नभएको नेता कार्कीले बताए उनले पार्टी एकमत भएर अगाडि बढेको छ । पार्टी नयाँ उचाइमा पुग्ने देखेपछि केही मान्छेहरु योजनाबद्ध ढंगले समानान्तर कमिटीको हौवा पिटेर पार्टीलाई कमजोर बनाउन लागेका छन यसबाट सचेत हुनुपर्छ उनलेे भने ।