सम्पादक चन्द रिहा

२०७५ मंसिर २८ गते, शुक्रबार

काठामाडौँ, २८ मंसिर । समाचारको विषयलाई लिएर पक्राउ परेका पोष्टपाटी डट.कमका सम्पादक गोपाल चन्द रिहा भएका छन । काठमाण्डौं जिल्ला अदालतका न्यायाधिस बाबुकाजी बानियाको इजलासले सम्पादक चन्दलाई रिहा गर्न आदेश दिएको थियो । सम्पादक चन्दलाई गलत समाचार लेखेको भन्दै मंसिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो । पत्रकार चन्दको तर्फबाट वरिष्ठ अधिवक्ता एकराजभण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल, खिमानन्द अधिकारीले बहस गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]