नेकपाको ‘अभियान–२’ सुरु

काठमाडौं , ३ पुस । तत्कालिन सत्ताको विकल्पमा जनसत्ता मार्फत आफ्ना गतिविधिहरु गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी संगठन सुदृढ तथा विस्तार अभियान २ चलाईरहेको छ । यसअगाडी पार्टी संगठन विस्तारकै अभियान ४ महिनासम्म चलाएको सो पार्टीले अभियानबाट उत्साहा पैदा भएको भन्दै त्यसलाई थप गर्न आफ्नो अभियान २ महिना लम्बाईएको र सो अभियानलाई अभियान २ को रुपमा अगाडी बढाईएको सो पार्टीका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज विरजंगले जानकारी दिए । अभियानका क्रममा जनताका घरघरमा पुगी जनतालाई जागरण गराउँदै पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको कार्यक्रम जानकारी तथा जनताका समस्याहरुलाई सम्बोधन गर्दै अभियान संचालन गरिरहेको उक्त पार्टीले जानकारी दिएको छ ।
अभियानका क्रममा यता लुम्बिनी व्यूरोले पनि जनतालाई भेटघाट तथा छलफललाई तिव्रता दिएको छ । लुम्बिनीका ७ वटा जिल्ला तथा चुरे क्षेत्रसहित सबै ठाउँमा अभियान चलिरहेको सम्बन्धित जिल्लाहरुले जानकारी दिएका छन् । नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा र पहाडको चुरे क्षेत्रमा पार्टी सदस्यता, नविकरण, सेल कमिटि गठन, जबस मोर्चाहरुको भेला, बैठक, सहिद परिवार भेटघाट तथा जनश्रमदान लगायतका कामहरु अभियानात्मक ढंगले चलेको लुम्विनी व्यूरो सदस्य संगम पुनले बताए ।
पार्टी पुनस्थापना पछि निरन्तर रुपमा संगठन विस्तार, सुदृढ, जनप्रतिरोध तथा भण्डाफोर, जस्ता विभिन्न अभियानहरु चलाउँदै आएको सो पार्टीले गत मंसीर ८ गते काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो । स्थानीय तहमा देखिएका व्याप्त भ्रष्टचार, अनियमितता तथा ढिलासूस्तीको खबरदारी गर्दै केही भ्रष्ट, दलालहरुलाई कारबाही समेत गरिएको र आगामी अभियान निरन्तरमा चलाईने सो पार्टीले जनाएको छ । कहिले भूमिगत, अर्धभूमिगत भन्ने गरिएको विप्लव नेतृत्वको नेकपालाई विभिन्न अभियानका क्रममा समेत देशभर प्रहरी प्रशासनबाट धरकपड हुँदापनि अभियानलाई निरन्तरता दिने र खुला कार्यक्रमहरु समेत गरिराख्दा कार्यकर्ता तहमा उत्साहा थपिएको एक नेताले बताए ।
सांस्कृतिक टिमको जनसंगित अभियान निरन्तरतामा
नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोअन्तर्गत रहेको अखिल नेपाल जनसास्कृतिक महासंघनवको क्षितीज सांस्कृतिक परिवारले पार्टीको अभियानलाई साथ दिदैं आफ्नो प्रस्तुतीहरु निरन्तर रुपमा देखाईरहेको छ । अभियानको सुरुदेखी नै विभिन्न ठाउँमा जनवादी गित सहित दमदार नाचहरु लिएर प्रस्तुत भएको क्षितीज सांस्कृतिक परिवारले दोस्रो चरणको अभियानमा पनि निरन्तर आफ्नो प्रस्तुती देखाईरहेको छ । दोस्रो चरणको अभियान अन्तर्गत गुल्मी जिल्लामा १० दिन आफ्नो अभियानपछि टोली गत पुस १ गते पाल्पा आईपुगेको छ । गुल्मीको तम्घासबाट मंसीर २१ गतेदेखी सुरु गरेको उक्त सांस्कृतिक टोलिले गुल्मीस्थित पिपलधारा, धुर्कोटको धुर, मालिका गाउँपालिकाको दोर्लिङ्ग, मुसीकोट गाउँपालिकाको पौदीअम्राई, चन्द्रकोट गापाको पिपलपाटा, सत्यबती गापाको खैरेनी र अश्ेवा, ठूलोल्हुम्पेक लगायतका ठाउँहरुमा झण्डै ५ हजारभन्दा धेरै जनताको विचमा आफ्नो अभियान देखाईसकेको गुल्मीबाट सेक्रेटरी खिम खड्काले जानकारी दिए । त्यस्तै गरी टिमले पाल्पा, चुरे क्षेत्र, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची गरी सबै जिल्लाहरुमा नयाँ नयाँ जनवादी गित तथा नृत्यहरु प्रस्तुत गर्ने जनसांस्कृतिक महासंघका व्यूरो संयोजक खोमा तरामु मगरले जानकारी दिए । -शिव डुम्रे