प्रकाण्डसहित केन्द्रिय नेताहरु सडक खन्न व्यस्त

काठमाडौं , ३ पुस । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड लगाएतका केन्द्रीय नेताहरू कालिकोटको नरहरिनाथ गाउँपालिका वार्ड ६ माल्कोट पुग्ने ग्रामीण सडकखण्डको सडक खन्न व्यस्त भएका छन । कालिकोटको जिल्ला सदरमुकाम मान्मामा आयोजित जनसभा कार्यक्रम पछि माल्कोट पुगेका प्रवक्ता प्रकाण्डले माल्कोटमा आयोजित विशाल जनसभालाई समेत सम्बोधन गरे पश्चात सडक खन्न व्यस्त भएका हुन । प्रवक्ता प्रकाण्ड लगाएतका केन्द्रीय नेताहरू कालिकोटका विभिन्न गाउँ गाउँमा पुगेर नेता कार्यकर्ता, शहिद परिवार, वेपता परिवार, घाइते योद्धा, पुर्व जनमुक्ति सेनाका योद्धाहरु सँग भेटघाट एवम् छलफल गरे लगत्तै खुलालु-लालु-माल्कोट सडक खण्डमा पुगेर नेता कार्यकर्ता र स्थानीय जनता सहित सडक खन्ने कार्यमा सहभागी भएको बुझिएको छ ।
नेकपाले सञ्चालन गरेको जनसत्ताको पहलमा खनिएको उक्त ग्रामीण सडकको पार्टी प्रवक्ता प्रकाण्ड, पार्टीका केन्द्रीय सदस्य एवम् कर्णाली ब्युरो ईन्चार्ज एटम, केन्द्रीय सदस्य आदर्श, कालिकोट जिल्ला ईन्चार्ज समर, जिल्ला सेक्रेटरी रणदिप, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, युवाका केन्द्रीय उपाध्यक्ष दिनेश विकलगाएत पार्टीका नेता तथा कार्यकर्ता एवम् जनताको सहभागीता सडक खन्न व्यस्त भएको बताइएको छ ।
झण्डै साढे ५ किमि पर्ने सडक मध्य ३ किमि सडक खनिएको छ भने बाकी सडक खन्ने कार्य जारी छ । सडक खन्ने सिलसिलामा बिचमा ठुलो चट्टान आएपछि केही समयलाई खन्ने काम रोकिए पनि प्रकाण्ड माल्कोट पुगेको दोस्रो दिन देखि खन्न सुरु गरिएको सडक उपभोक्ता समितिका अध्यक्ष बल बहादुर बुढा अविचलले बताए । सडक खन्ने क्रममा प्रवक्ता प्रकाण्डलाई स्थानीयले गाउँका विभिन्न समस्या समेत सुनाएका थिए । प्रकाण्डले जवाफमा भष्ट्र र दलाल सरकारले विकासको काम अल्झाएको भन्दै भष्ट्रका बिरुद्ध सर्घष गर्नुपर्ने बताएका थिए ।
झण्डै ढेड बर्ष पछि गाउँ पुगेका प्रवक्ता प्रकाण्डलाई विभिन्न गाउँमा गाजाबाजा सहित गाउँमा भब्य स्वागत एवम् अभिनन्दन गरेका थिए । लामो समयको हिरासत बसाइँ पछि पहिलो पटक अाफ्नो गाउँ पुगेका प्रवक्ता प्रकाण्डलाई देखेपछि कतिपय गाउँमा स्थानीयहरु भाबुक बन्दै अँकमाल समेत गरेका थिए ।
वर्तमान सरकार प्रति आक्रोसित नारा लगाउदै माल्कोटबासिले संसदिय व्यवस्था खारेज गर, वैज्ञानिक समाजबाद लागु गर भन्दै गाँजाबाजा सहित स्वागत गरेका थिए । स्वागत पछि स्थानीयलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले शहिदका सपना बेचेर खानेहरुका विरुद्ध एकपटक फेरि सर्घष सहित तपाईंहरूको साथ चाहिएको भन्दै जनतालाई अन्तिम क्रान्तिको लागि साथ दिन र तयारी अवस्थामा बस्न अनुरोध गरेका थिए ।