सहीद परिवारद्धारा प्रकाण्डलाई अभिनन्दन

२०७५ पुष ४ गते, बुधबार

काठमाडौं, ४ पुस । नेपाल कम्युनिट पार्टीका प्रवक्ता प्रकाण्डलाई सहीद परिवारले फुलमाला सहित अभिनन्दन एवं स्वागत गरेका छन् । ५० दिनको हिरासत बसाई पछि पहिलो पटक सुर्खेत पुगेका हुन् । सहीद परिवार सुर्खेत र नेपाल कम्युनिट पार्टी सुर्खेतले प्रवक्ता प्रकाण्ड र केन्द्रिय कार्यलय सदस्य बिमर्शलाई अभिनन्दन गरिएको हो ।
प्रवक्ता प्रकाण्ड र बिमर्शलाई सहीद परिवार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष ऐना धमला ( योजना ) र सहीद पत्नी जयसरा बराल (कामना) लगायतका सहीद परिवारहरूले अभिनन्दन गरेका हुन् । उक्त अबसरमा प्रवक्ता प्रकाण्डले सहीदका अधुरा सपना पुरा गरेर छाड्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]