भारतीय–अमेरिकी साम्राज्यजादको डिजाइनमा नक्कली कम्युनिस्ट सरकार गठन गरियो’

काठमाडाै, १२ पुस । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता ‘प्रकाण्ड’ले भारतीय–अमेरिकी साम्राज्यवादको डिजाइनमा केपी–प्रचण्डको नेतृत्वमा नक्कली कम्युनिस्ट सरकार गठन भएको ठोकुवा गरेका छन् ।’ माओको १२६ औं माओ दिवसको अवसरका कैलालीको धनगढीस्थित खुला मञ्चमा नेकपाकाे सेती-महाकाली ब्यूराेद्धारा अायोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले साेठोकुवा गरेका हुन् । ‘नेपालबाट सच्चा क्रान्तिकारी कम्युनिस्टको उदय जबर्जस्त हुँदै गएपछि त्यसलाई बद्नाम गर्न साम्राज्यवादीहरुले जनयुद्धलाई धोका दिएका प्रचण्ड र प्रतिक्रियावादका गोटी केपी ओलीको नेतृत्वमा कम्युनिस्ट सरकार बनाएको हो’ प्रवक्ता प्रकाण्डले भने ‘केपी–ओली नेतृत्वमा गठित बद्नाम कम्युनिस्टकै कारण मुलुकमा माओवादको महत्व र आवश्यकता निकै बढेको छ ।
नक्कली कम्युनिस्टहरुले भट्याउँदै आइरहेको नक्कली समाजवादले देश र जनताको आवश्यकता पूरा गर्न नसक्ने बताउँदै राष्ट्रिय स्वाधीनताको रक्षा र अधिकारसम्पन्न नागरिक बनाउने कामम वैज्ञानिक समाजवादले मात्र गर्ने प्रवक्ता प्रकाण्डको विचार थियो ।
भारतीय र अमेरिकी साम्राज्यवादको गठजोडमा निर्मित सरकारले क्रान्तिकारी र असल कम्युनिस्टको बद्नाम गर्ने काम गरिरहेको भन्दै त्यसलाई खारेज गरेर अधुरो नेपाली क्रान्ति सम्पन्न गर्न नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेको उनको भनाई छ । भोकानांगा जनताको अधिकार छिनेर दलाल पुँजीवादीको चाकडी गर्न वर्तमान ‘दलाल सरकार’ लागिरहेको भन्दै माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्दै देशमा क्रान्ति सम्पन्न गर्न नेकपा दृढतासाथ लागिरहेको कुरा प्रकाण्डले स्पष्ट समेत पारे ।
जनसभामा सेती–महाकाली ब्यूरो ईन्चार्ज एवं नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले ‘वर्तमान दलाल संसदीय व्यवस्थालाई भत्काएर जनताको शासनसत्ता वैज्ञानिक समाजवाद स्थापनाको गर्नुको विकल्पन नभएको विचार राखेका थिए । नेकपाका दर्जनाै नेता कार्यकर्तालाई ‘दलाल’ सरकारले झुट्टा अारोपमा जेल र हिरासतमा राखेको भन्दै सबैलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे ।
जनसभामा जनसाँस्कर्तिककर्मीहरुले जनवादी गीतमा नृत्य प्रस्तुत गरेका थिए । जनसभामा जनसागर उर्लिएको थियो । जनसभाको अध्यक्षता नेकपाका केन्द्रीय सदस्य सिकन्दारले गरेका थिए ।