‘सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप बढायो’

२०७५ पुष २२ गते, आईतवार

काठमाडौं, २२ पुस । क्रान्तिकारी पत्रकार संगठन नेपालको ललितपुर जिल्लाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । हिजो शनिबार जिल्लामा सम्पन्न बैठकले पेशागत र पूर्ण प्रेस स्वतन्त्रसम्बन्धी महत्वपूर्ण निर्णय लिएको जिल्ला अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले पूर्ण स्वतन्त्र प्रेसको संविधानमा भएको व्यवस्थाविपरीत राज्यले समाचार लेखेकै आधारमा पत्रकारलाई गिरफ्तार र मुद्दा चलाएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । ‘सरकारले समाचार प्रकाशित समाचारकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाउने क्रमलाई तीव्रता दिएको छ । यो पूर्णरुपले गलत छ, यो तत्काल रोकेर त्यो विषय प्रेस काउन्सिललाई दिनुपर्छ, बैठकपछि अध्यक्ष श्रेष्ठले भने । प्रकाशित समाचारबारे गुनासो भएमा वा चित्त नबुझेमा उजुरी दिने आधिकारिक निकाय प्रेस काउन्सिल भएको समेत उनले सम्बन्धित निकायलाई स्मरण गराए । निर्भिक र स्वतन्त्रतापूर्वक समाचार स.कलन तथा प्रकाशनमा बाधा नपुर्याउन समेत उनले सरकारसँगा माग गरे ।
बैठकले राज्यबाटै प्रेस स्वतन्त्रविरोधी कामकारवाही भइरहेको भन्दै त्यसविरुद्ध सडक संघर्षमा जाने निर्णय गर्नुका साथै स्वतन्त्र प्रेसविरोधी कानुनी व्यवधानहरु हटाउन माग गरेको छ । संगठनको जिल्ला समितिले पत्रिका र अनलाइन पत्रिका समेत संचालन गर्ने निर्णय लिएको छ ।
त्यस्तै संगठानिक र प्रशासनिक कामलाई व्यवस्थि गर्दै पत्रकारिता क्षेत्रमा देखिएका विसंगति र विकृतिविरुद्ध सचेतना कार्यक्रम चलाउने निर्णय बैठकबाट लिइएको छ र साथै संगठनको तीन महिने केन्द्रीय कार्यक्रम ‘जनसंचार अभियान–२०७५’ लाई सशक्त र प्रभावकारी बनाउन जिल्लाले निर्वाह गर्ने भूमिका कुनै किसिमबाट कमी हुन नदिने र जनपक्षीय पत्रकारितालाई थप सशक्त बनाउँदै लैजाने निर्णय लिइएको छ ।
बैठकमा क्रान्तिकारी पत्रकार संगठन नेपालको यही पुस ६ र ७ गते रुपेन्देहीको बुटवलमा बसेको केन्द्रीय समितिको बैठकपछि प्रेसित सर्कुलर पनि प्रस्तुत गरिएको थियो । साथै स्वतन्त्र प्रेसमाथि सरकारले हस्तक्षेप बढाएको भन्दै विरोध गरेको छ ।
बैठकमा संगठनका केन्द्रीय सचिव सिर्जना तिम्सिनाले राज्यको दलाल चरित्रका कारण मुलुकमा जनपक्षीय पत्रकारिताको आवश्यकता झनै बढेको बताउँदै त्यसको आवश्यकता परिपूर्ति क्रान्तिकारी पत्रकारहरुले गर्नुपर्ने धारणा राखिन् । नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला उपाध्यक्ष समेत रहेकी तिम्सिनाले प्रकाशित समाचारमाथिको विवादलाई अन्तिम किनारा लगाउने अधिकार प्रेस काउन्सिललाई मात्र भएको बताइन् ।
उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक सागर लामाले पूर्ण प्रेस स्वतन्त्रताको विश्वव्यापी मूल्य र मान्यताविपरीत राज्यले समाचारको विषयलाई लिएर पत्रकारहरुमाथि ज्यादाति बढाएको भन्दै त्यसलाई तत्काल रोक्न माग गरे । नरोकिए विरोधका कडा कार्यक्रम लिएर पत्रकारहरु सडकमा उत्रनुको विकल्प नरेको उनको भनाई थियो ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी विपिनलगायत पार्टीको जनवर्गीय मोर्चाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]