नेपाल कम्युनिस्ट पार्टीको अपिल : वैज्ञानिक समाजवाद स्थापना गर्न अघि बढौँ

काठमाडौं, ३० पुस । नेपाल कम्युनिस्ट पार्टीले देशभक्त, गणतन्त्रवादी, सच्चा लोकतन्त्रवादीहरूलाई वैज्ञानिक समाजवाद स्थापना गर्न अघि बढ्न आह्वान गरेको छ । ने.क.पा. ले आफ्नो पार्टीले २ महिने अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै सामाजिक दलाल सरकार असफल भएको, जनता समस्यामा र देश सङ्कटमा भएको ठोकुवा गरेको छ । ने.क.पा. ले क्रान्ति अगाडि आउँदैछ भन्दै पार्टी क्रान्तिलाई नेतृत्व दिँदै अगाडि बढिरहेको बताएको छ । यस सन्दर्भमा ने.क.पा. ले जारी गरेको अपिलमा ‘२०७४ सालको चुनावमा केपी—प्रचण्डले दिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’, ‘गाउँगाउँ सिंहदरबार’ को नारा आज ‘दुःखी नेपाली, कङ्गाल नेपाल’, ‘गाउँगाउँमा भ्रष्टाचार, बलात्कार’ मा परिणत हुन पुगेको छ । भोट हाल्दा नेपाली जनताले गरेको सुख र समृद्धिको अपेक्षा जनताकै थाप्लोमा असंख्य करको भारी, भ्रष्टाचार, महँगी, तस्करी, राष्ट्रघात, निर्मला बलात्कार तथा हत्याकाण्ड, ठूलो जहाजकाण्ड, चिनीकाण्ड, बूढीगण्डकीकाण्ड, चन्द्रागिरिकाण्ड, एनसेलकाण्ड, क्रिश्चियन धर्म प्रचारकाण्डजस्ता काण्डैकाण्डको आतङ्कमा परेर समाप्त भएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोशभन्दा केही बाँकी छैन ’ भन्ने उल्लेख गरेको छ ।
अपिलमा वर्तमान सरकारले जति नै समाजवादको कुरा गरे पनि ऊ फासिवादतिर उन्मुख भएको निष्कर्ष निकाल्दै भनिएको छ, ‘देशमा जति नै विकासको नारा दिए पनि उद्योगधन्दाको अवस्था कमजोर भएर गएको छ । व्यापारघाटा बढेको बढ्यै छ । महँगीले जनताको ढाड भाँचेको छ । अर्थतन्त्र दलाल र सुदखोरहरूको हातमा पुगेको छ । राष्ट्र बैङ्कबाट सस्तो दरमा ऋण लिएर चर्को दरमा लगानी गर्ने बैङ्क माफियाहरूले जनतालाई लुटेका छन् । उब्जाउ जमिन भूमाफियाको खण्डीकरणमा परेर बर्बाद भएका छन् । युवा पलायन बढ्दै गएको छ । एमाले—माकेहरूले खुलेआम वेश्यालय खोली यौन व्यवसायबाट पैसा कमाउने कुरा गरेर पुँजीवादीहरूको छाडापनलाई पनि उछिनेका छन् । नदीनाला बेचेर खाने क्रम जारी छ । महिलाहरूमाथि मध्ययुगीन हिंसा थोपरिँदैछ, शिक्षा । स्वास्थ्य क्षेत्र व्यापारीकरणमा परेर तहसनहस बन्दै गएको छ । न्यायको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीमाथि भूmट्टा मुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना दिने, जेल हाल्ने कार्य गरिँदैछ यी सबैबाट देश सङ्कटमा परेको प्रस्ट छ ।’
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले आम जनसमुदायलाई गरेको अपिल यस प्रकार रहेको छ–
आदरणीय जनसमुदाय !
सामाजिक दलाल सरकार असफल भएको छ, जनता समस्यामा छन्, देश सङ्कटमा छ, क्रान्ति अगाडि आउँदैछ, हाम्रो पार्टीले क्रान्तिलाई नेतृत्व दिँदै अगाडि बढिरेको छ । २०७४ सालको चुनावमा केपी—प्रचण्डले दिएको “सुखी नेपाली, संमृद्ध नेपाल”, गाउँगाउँमा सिहदरबार” को नारा आज “दुःखी नेपाली, कङ्गाल नेपाल,” गाउँगाउँमा भ्रष्टाचार, बलात्कार”मा परिणत हुन पुगेको छ । मतदान गर्दा नेपाली जनताले गरेको सुखी र समृद्धिको अपेक्षा जनताकै थाप्लोमा असङ्ख्य करको भारी, भ्रष्टाचार, महङ्गी, तस्करी, राष्ट्रघात, निर्मला हत्याकाण्ड, ठूलो जहाज काण्ड, चिनी काण्ड, बुढिगण्डकी काण्ड, चन्द्रागिरि काण्ड, एनसेल काण्ड, क्रिश्चियन धर्म प्रचार काण्डजस्ता काण्डै–काण्डको आतंकमा परेर समाप्त भएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोशभन्दा केही बाँकी छैन । देशमा जति नै विकासको नारा दिए पनि उद्योगधन्दाको अवस्था कमजोर भएर गएको छ, व्यापार घाटा बढेको बढेकै छ । महङ्गीले जनताको ढाड भाँचेको छ, अर्थतन्त्र दलाल र सुदखोरहरुको हातमा पुगेको छ, राष्ट्र बैंकबाट सस्तोदरमा ऋण लिएर चर्को दरमा लगानी गर्ने बैंक माफियाहरुले जनतालाई लुटेका छन्, उब्जाउ जमिन भूमाफियाको खण्डीकरणमा परेर बर्वाद भएको छ । युवा पलायन बढ्दै गएको छ, एमाले—माकेहरुले खुलेआम वेश्यालय खोलेर यौन व्यवसायबाट पैसा कमाउने कुरा गरेर पुँजीवादीहरुको छाडापनलाई पनि उछिनेका छन्, नदीनाला बेचेर खाने क्रम जारी छ, महिलाहरुमाथि मध्ययुगीन हिंसा थोपरिदैछ, शिक्षा र स्वास्थ्य क्षेत्र व्यापारीकरणमा परेर तहसनहस बन्दै गएको छ, न्यायको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीमाथि झुट्टामुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना दिने, जेल हाल्ने कार्य गरिदैछ । सरकारका यी सबै हर्कतबाट देश संकटमा परेको प्रष्ट हुन्छ ।
आदरणीय जनसमुदाय !
सामाजिक दलाल सरकारको असफलता र देशको संकटलाई एमाले—माकेका केही नेताले केपी ओलीको असफलता भनेर सरकारमा आपूm पुग्ने खेल खेलेका छन् । काङ्ग्रेस—राप्रपाले “कम्युनिस्ट सरकार”को असफलता भनेर आपूm सरकारमा पुग्ने या चुनावी नारा बनाउन खोजेका छन् । केही पार्टीले काङ्ग्रेस, कम्युनिस्टको असफलता भन्दै आपूmहरु सरकारमा आउनु पर्ने नारा दिएका छन् तर हाम्रो पार्टीको सुरुदेखिको धारणा छ कि यो असफलता र संकट केवल सरकार र मन्त्रीहरुको मात्र होइन अपितु दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र समाजिक दलाल पुँजीवादको असफलता र संकट हो । यसको समाधान भनेको केपी सरकारको परिवर्तन, एमाले—माके सरकारको परिवर्तन होइन र हुन सक्दैन, दलाल पुँजीवादी सत्तालाई नै जरैबाट उखेलेर फाल्नु र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु हो । आजसम्म जनताले ठूलो बलिदान गर्दा पनि प्राप्त हुन नसकेको जनताको सत्ताको निर्माण हो ।
जनसमुदाय !
तपार्इंहरुलाई थाहै छ हाम्रो पार्टी जनयुद्धदेखि शान्ति सम्झौतासम्म निरन्तर दलाल पुँजीवादी सत्ताको अन्त्य र जनताको सत्ता वैज्ञानिक समाजवाद स्थापनाको आवाज उठाउँदै र लड्दै आएको छ । हामीले जनयुद्धका भीषण आँधीमय दिनमा मात्र होइन शान्ति सम्झौताका कथित शान्तिका दिनमा पनि निकै दुःखकष्ट झेलेर सम्पूर्ण राष्ट्रघाती र जनघाती कार्यको विरुद्ध सङ्घर्ष गरेका छौं । आज हाम्रो जीवन अत्याचारी दमनभित्र चलिरहेको छ तर हामी नेपाली जनताको मुक्ति, अधिकार र देशको स्वाधीनताको लागि अन्तिम दमसम्म लड्ने प्रणका साथ संघर्षको मोर्चामा डटिरहेका छौं । हामी एकीकृत जनक्रान्तिको महान् यात्रामा अनवरत समर्पित छौं ।
हामीलाई पूर्ण विश्वास छ कि रहेक समय न्याय, सत्य, परिवर्तन र अधिकारको पक्षमा क्रान्तिकारी शक्तिहरुलाई साथ दिँदै आएका श्रमिक जनताले उनीहरुकै लागि लडिदै गरेको वैज्ञानिक समाजवादी सत्ताका लागि “एकीकृत जनक्रान्ति”लाई अवश्य पूर्ण साथ दिनेछन् । जनताले राणालाई हेरे, राजालाई हेरे, काङ्ग्रेसलाई हेरे, एमाले—माके संशोधनवादी कम्युनिस्टलाई हेरे कसैले पनि जनता र देशको हितमा काम गरेनन् । त्यसको एउटै विकल्प वैज्ञानिक समाजवाद हो भन्ने बुझ्न अव कुनै गाह्रो छैन । हाम्रो पूरा प्रतिबद्धता छ कि जनता, देश, वैज्ञानिक समाजवादभन्दा अर्को कुनै हाम्रो स्वार्थ छैन । त्यसका लागि जुनकुनै मूल्य चुकाउन तयार छौँ । तसर्थ, २१ औँ शताब्दीमा जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरु एकताबद्ध बनेर हातेमालो गरौँ । जनताको विजय अवश्यम्भावी छ ।
राष्ट्रघात, जनघात, भ्रष्टाचार, बलात्कार, हत्या विरुद्ध सङ्घर्ष गरौँ !
दलाल, भ्रष्ट, सुदखोर, तस्कर र कालोबजारीलाई जनकारवाही गरौँ !!’