हिरासतको बदला हिरासतमा लिने चेतावनी

२०७५ माघ ३ गते, बिहीबार

काठमाडाै, ३ माघ । नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला ईन्चार्ज डिल्लीराज शर्मा`विश्व´ले अाफ्ना नेता कार्यकर्तालाई धरपकड गरे अाफूहरूले पनि नछाेड्ने चेतावनी दिएका छन । क्रान्तिकारी पत्रकार संगठन, नेपाल जिल्ला शाखा सल्यानले गरेकाे कार्यक्रमा बाेल्दै विशेष अतिथि विश्वले सरकारले अाफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेर हिरासतमा राखे अाफूहरूले पनि हिरासत तयार गरेकाे चेतावनी दिए । उनले भने ,`हाम्रा कार्यकर्ता पक्राउ गरेर हिरासतमा राख्ने हाे भने सिडियाे डिएसपी हाेस वा जनप्रतिनीधिलाई राख्ने हिरासत हामीले पनि बनाएका छाैं । ´ ईन्चार्ज विश्वले अहिले सुरक्षा निकायसंग लड्ने भिड्ने याेजना भने नभएकाे प्रष्ट पारे । उनले अाफूहरू गलत गतिविधीकाे विराेधमा मात्रै रहेकाे बताए । उनले भने ,` हामी सुरक्षा निकायसंग लड्नेभिड्ने कुनै याेजना छैन तर दु:ख दिए चुप नलाग्ने चेतावनी दिए । उनले पत्रकार संगठनमा कुनै विवाद नरहेकाे पनि प्रष्ट पारे । केही स्वार्थ पूरा नभएका मान्छे बाहिरिएर केही फरक नपर्ने स्पष्ट पारे । उनले भने ,` केहिले बाहिर हल्ला गर्ने प्रयास गरेका छन् त्याे गलत हाे हाम्राे निकटकाे क्रान्तिकारी पत्रकार संगठन,नेपालकाे अध्यक्ष प्रकाश डुम्रे जी हाे बाँकी कारवाहि परिसकेका ब्यक्ति हुन, परिचालित र स्वार्थ पूरा नहुनेहरू गए केही हुन्न ।´ ईन्चार्ज विश्वले सल्यानमा क्रान्तिकारी पत्रकार संगठनमा केही समस्या नभएकाे र कार्वाहीमा परेकाकाे हल्लाकाे कुनै तुक नभएकाे बताए । उनले पार्टीले लगानी गरेकाे मिडयामा केही अराजकहरूले दुरूपयाेग गरेकाे भन्दै यसलाई छिट्टै ब्यवस्थापन गर्ने स्पष्ट पारे ।
यसैगरी सोही अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले राज्य पक्षबाट जनपक्षीय पत्रकारिता कमजोर पार्ने षड्यन्त्र भईरहेको टिप्पणी गरेका छन् । डुम्रेले राज्यले योजनाबद्ध ढंगले मिडिया र मिडियार्मिलाई दमन गर्ने योजना लिएको ठोकुवा समेत गरे । सरकारले जनताका आवाज बन्द गर्न साना मिडियामा हस्तक्षेप गर्ने र ठुला मिडियालाई विज्ञापन दिएर रोक्ने हर्कत गरेको बताए । साना र ठुला मिडियालाई सरकारको हेर्ने दृष्ट्रिकोण फरक भएको भन्दै उनले साना मिडियालाई बन्द गर्न तिर सरकार लागेको खुलासा गरेका थिए । डुम्रेले भने ‘कुनै व्यक्तीले ब्यबसायीक लगानी गरेका मिडियालाई बन्देज गर्न खोज्नु पत्रकारिताको घाँटी निमोठिए जस्तै हो’ । लगानी र समाचारको पाटो फरक भएको बताउदै उनले सत्य समाचार लेख्न पत्रकार नडराउनु पर्ने बताए । नेपालका ठुला मिडिया हाउसहरुलाई बिज्ञापनमा समाचार बेच्ने गरेको दुम्रेले आरोप लगाएका छन । अध्यक्ष डुम्रेले भने ‘अहिले नेपालका ठुला मिडिया विज्ञापन पाएमा समाचार राम्रो लेख्ने र नपाएमा लेख्दै नलेख्ने गर्दा पत्रकारिताको बदनाम भएको छ ।’ उनले भने, ‘पत्रकारका नाममा संगठन खोल्दै आइएनजियो बनाएर डलर कमाउने काम गरेका छन् ।’ सत्य समाचार लेखन पत्रकार डराउनु नपर्नेमा जोड दिंदै उनले भने, ‘पत्रकारले कुनै डर, धम्की र प्रलोभनमा परेर समाचार लेख्ने काम नगर्नु होला । पत्रकारले संधै सत्य र जनपक्षीय भएर कलम चलाउनु होला, गल्ती गर्ने जो कोहिलाई खबरदारी गर्न नछोड्नु, उनले भने।’

कार्यक्रमको विशेष अतिथिमा महासचिव हिम विस्ट थिए भने नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य टेकराज शाही, अकोरावका कर्णाली प्रदेश संयोजक रमेश कुमार गौतम, क्रान्तिकारी पत्रकार संगठनका राप्ती-लुम्बिनी संयोजक दिपेश विस्ट, क्रान्तिकारी पत्रकार संगठन भेरी-कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक टिका केसि, मानवअधिकार कर्मी दिपेन्द्र शाही, नेपाल पत्रकार महासंघ सल्यान शाखाका सहसचिव सिव डाँगीलगायत सहभागी भएका थिए । संगठनका अध्यक्ष याेगराज विककाे अध्यक्षता सम्पन्न सो कार्यक्रमकाे सञ्चालन सचि खकेन्द्र केसीले सञ्चालन गरेका थिए ।
यसैबीच, क्रान्तिकारी पत्रकार संगठन नेपाल सल्यानले पोष्टपाटी डटकमका प्रधान सम्पादक गोपाल चन्दलाई अभिनन्दन गरेको छ । अन्तरक्रिया कार्यक्रम बिचमा चन्दलाई अभिनन्दन गरेको थियो । मंसिर ११ गते प्रहरी द्वारा गिरफ्तार भएका सम्पादक चन्दलाई काठमाडौं जिल्ला अदालतले मङ्सिर २८ गते रिहा गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]