बिप्लव र बीरजंग घरमा पक्राउ पुर्जी टाँस

२०७५ माघ ६ गते, आईतवार

काठमाडाै, ५ माघ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महाचिव विप्लव र पोलिटब्युरो सदस्य एबम लुम्बिनी व्यूरो ईन्चार्ज बीरजंगको घरमा पक्राउ पुर्जी टाँसेको छ । निर्वाचन खारेज अभियानताका भएका विभिन्न गतिविधिहरुसँग जोड्दै उनीहरुको घर कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ९, शिवगढीस्थित घरमा म्याद पूर्जी टासीएको हो । विप्लव र विरजंग नाताले सहोदर दाजुभाई हुन्, विरजंग ठूल्दाई हुन भने विप्लव कान्छा भाई हुन् । सो पुर्जीमा उनीहरुलाई जिल्ला अदालतले रुपन्देहीमा १५ दिनभित्रमा उपस्थित हुन भनेको छ । आगजानी अन्तर्गत मुद्दा रहेको भन्दै विप्लव र विरजंग दुवैलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आग्रहसहित जिल्ला अदालत रुपन्देहीका कर्मचारीले पूर्जी टासेका हुन् । ७० दिनसम्ममा अदालतमा उपस्थित नभएमा उनीहरुको नाममा रहेको सम्पत्ति समेत जफत हुने गरी अदालतको पक्राउ पूर्जी आज साझ विप्लवको घरमा टासिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
विगतमा पनि उनको घरमा यस्तै प्रकृतीको प्रक्राउ पुर्जी टास्ने गरिएको थियो । विप्लव पछिल्लो समय सार्वजनिक भएका छैनन भने उनको घरमा प्रहरीले निग्रानी बढाउने तथा पूर्जी टाँस गर्ने काम गर्ने गरेको छ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका विभिन्न तहका नेताहरुको घरमा विभिन्न मुद्दाहरु तथा धरपकड र पक्राउ पूर्जी टाँस गर्ने गरेको छ ।
ने.क.पा.ले देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ संचालन शुरु गरेको अवस्थामा पार्टी महाचिव विप्लव र उनका दाजु बीरजंगको घरमा पक्राउ पुर्जी जारी टाँस्नु भनेको ने.क.पा.लाई आतंकित गरी जनतामाझ जान नदिने षडयन्त्र भएको ने.क,पा,का नेताहरुको बुझाई छ l सरकार ने.क.पा.बिरुद्ध दमनमा उत्रदैछ भन्ने आंकलन उनीहरुले गरेका छन् l यही दलाल सत्ताले बनाएको संविधानले “विना हातहतियार, भेला हुन, आवत-जावत गर्न, सभा-सम्मेलन गर्न र आफ्नो कुरा राख्न कुनै बहानामा रोकिने छैन” भनी दिएको अधिकारलाई सरकारले कुण्ठित गर्न लागेको निर्क्यौल गर्दै उनीहरुले यसले मुलुकमा भिषण द्वन्द्व निम्त्याउन सक्ने अनुमान गरेका छन् l

प्रतिक्रियाहरु

[anycomment]