अखिल (क्रान्तिकारी)द्वारा सिमा बचाउँ अभियान सुरु, भारतले मिचेको सिमामा काँडेतार

काठमाडौं , ८ माघ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले राष्ट्रिय स्वाधीनताको पक्षमा चितवन जिल्लाको माडी नगरपालिका वडा नं। ५ स्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको नेपाली भूभागमा काँडेतार लगाएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार ३० मिटर लामो रहेको जानकारी आयोजकले दिएका छन् । भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको छ । उक्त मिचिएको जमिनका बारेमा अहिलेसम्म बनेका कुनै पनि सरकारले भारत सरकारसँग वार्ता गरेर वा दबाब दिएर फिर्ता नगराएकाले अखिल क्रान्तिकारीले देशको ‘सीमा बचाऔँ अभियान १’ अन्तर्गत उक्त स्थानमा काँडे तारबार लगाएको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले बताएका छन् ।
ढकालले जबसम्म भारतले आफूद्वारा मिचिएको जमिन फिर्ता गर्दैन तबसम्म आफ्नो सीमा बचाऔँ अभियान चलिरहने बताएका छन् । भारतले जङ्गेपिलर नेपालभित्र सारेर मात्र नभएर कोसी, गण्डक नहर निर्माण गर्दा र महाकाली सन्धि गर्दासमेत नेपाली भूमिमाथि अतिक्रमण गर्दै आएको छ । त्यसैगरी नेपालको भूभाग कालापानीमा दसकौँदेखि भारतीय सेनाले क्याम्प खडा गरेको छ । सन् २०१५ ९२०७२ साल० मा मात्र नेपालको भूमि लिपुलेक भारतले आफ्नो भनी चीनसँग सम्झौता गरेको छ । यसका बारेमा चौतर्फी विरोध भएपछि चीन सम्झौताका बारेमा पुनर्विचार गर्न तयार हुँदा पनि नेपाल सरकारले कुनै चासो देखाएको छैन ।
अखिल क्रान्तिकारीद्वारा गरिएको काँडेतार लगाउने कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्ण अधिकारी, अखिल क्रान्तिकारीका अध्यक्ष ढकाललगायत सबै पदाधिकारीको उपस्थिति रहेको थियो । केही वर्षअघि १९५० को सन्धिलगायत नेपाल–भारतको सीमा समस्या समाधान गर्ने भनेर भेषबहादुर थापाको नेतृत्वमा गठित प्राज्ञिक समूहले तयार पारेको प्रतिवेदन अहिलेसम्म भारतीय सरकार पक्षले बुझ्न आनाकानी गरिराखेको छ । त्यसमा सीमा समस्याका बारेमा विवादास्पद कुरा लेखिएको भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानिराखेका छैनन् ।