पलाँता गाउपालिकामा कर्मचारीको मनपरी

२०७५ माघ १० गते, बिहीबार

काठमाडौं , १० माघ । कालिकोट जिल्लाको पलाँता गाउपालिका अध्यक्ष गाउमा नहुदा कर्मचारीको मनपरी चल्ने गरेको पाईएको छ । अध्यक्ष काम जिल्ला वाहिर गएको मौका छोपि गाउपालिकामा कार्यरत कर्मचारी दैनिक कामकाज प्रभावित हुने गरी भ्रमणमा गएपछि यो वास्तबिक्ता वाहिर आएको हो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न भन्दै दुई साता अघि काठमाडौ गएपछि अन्य कर्मचारी पनि भ्रमणमा गएका हुन् । गाउँपालिका अध्यक्ष गाउँपालिकामा हुँदा सबै कर्मचारी गाउँपालिका मै वस्ने कर्मचारी अध्यक्ष पालिका बाहिर जाँदा सबै कर्मचारी बिभिन्न बहानामा कार्यालय छोडेर जाने गरेको एक कार्यपालिका सदस्यले वताए ।
कर्मचारी नभएपछि सेवाग्राही पनी आउन छाडेको कार्यालय कुर्न बसेका स्वाथ्य सहसंयोजक विनोदकुमार न्यौपानेले बताए । लेखापाल खिमलाल पुन विकास बजेटको ६० प्रतीशत बजेट खर्चगरी बिदामा घर गएका छन भने अन्य कर्मचारी को कसरी कहाँ गए थाहाँ नभएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए । अन्य कर्मचारी नायव सुब्वा तथा सूचना अधिकारी राजबहादुर बम र प्राविधिक शाखा प्रमुख पदमबहादुर शाही बिदेश भ्रमणमा गएको आफुले अन्य कर्मचारीवाट जानकारी पाएको अध्यक्ष बमले वताए । प्रमुख प्रशासकीय अधिकृत समायोजन फर्मभर्न गएका हुन् । तर उनि पनि बिदेशमा छन भन्ने सुनेको उनले वताए । पलाँता गाउँपालिकाका एक मात्र सचिव बिष्णुकान्त प्याकुरेल माघि महोत्सव मनाउन बर्दिया गएको वताईएको छ ।
लेखा सहायक र एक जना खरिदार पनि बिदामा नै वसेका छन । सबै कर्मचारी १५ गतेसम्म आउने कार्यालयमा भिडीयो हेर्दै दिन विताउने सहसंयोजक न्यौपानेले बताए । काम बिषेशले कर्मचारी बिदामा वस्न पाउनु अधिकार हो । तर बिदामा गएका कर्मचारीले बिदा स्वीकृत गराएका छैनन् । पहिले गाविस सचिव र कार्यालय प्रमुख नबस्ने समस्या अहिले नयाँ संरचनामा वदलिदा पनि उस्तै छ ।
अहिले स्थानीय निकायमा नियमित कर्मचारी नबस्ने गरेको गुनासो पलाँताको मात्र नभएर जिल्ला भरीकै रोग भएको नागरिक समाज कालिकोटका अगुवा कालीबहादुर मल्लले बताए । धेरै गुनासाहरु आउने गरेका छन । स्थानिय जनप्रतिनिधिहरुले अलि कडाईका साथ लिनु पर्ने हो, उनिहरुले पनि उदारवादी हुदा पुरानो रोगले उपचार नपाएको मल्लको भनाई छ । अन्य समयमा कार्यालय नवस्ने परम्परा हाल आएर पनि जारी छ । बर्षभरी कार्यालयमा कर्मचारी नबस्ने र असाढ मसान्तमा आएर सबै बजेट सक्काउने परिपाटी अझै पनि कालिकोटमा छुट्न सकेको छैन । -कर्ण बिश्वक्रर्मा, कालिकोट

प्रतिक्रियाहरु

[anycomment]