जनगणतान्त्रिक ईन्जिनियर्स एसाेसियसनकाे अध्यक्षमा चाैधरी

२०७५ माघ १२ गते, शनिबार

काठमाडौं , १२ माघ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनगणतान्त्रिक ईन्जिनियरस एसाेसियसनकाे पहिलाे राष्ट्रिय भेलाले ईन्जिनियर सुरेश कुमार चाैधरीलाई अध्यक्षमा चयन गरेकाे छ । काठमाडौंमा अाज भएकाे भेलाले चाैधरीकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । एसाेसियसनकाे उपाध्यक्षमा रूपकदेव,महासचिवमा सुजन देव, सचिवमा सन्दीप पुरी र काेषाध्यमा सुमित गिरी चयन हुनुभएकाे छ । भेलाकाे प्रमुख अतिथि जवस प्रमुख जीवन्त र विशेष अतिथि कर्मचारी महासंघका अध्यक्ष टाेपबहादुर बानिया थिए । एसाेसियसनले भेला मार्फत अाफ्नाे अवधारणा समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]