ने. क. पा. द्वारा अमेरिकाको हस्तक्षपकारी नीतिको घोर बिरोध र भर्त्सना

काठमाडौं , १२ माघ । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकाले भेनेजुएलामाथि गरेको हस्तक्षेपको भत्र्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला “कञ्चन”ले आज एक विज्ञप्ती जारी गर्दै २३ जनवरी २०१९ मा भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरोका विरुद्ध अमेरिकी जासुसी संस्था सीआईए समर्थित जुवान गाईदोले आफैलाई राष्ट्रपति घोषणा गरेपछि त्यसको विरोध र भत्र्सना गरेका छन । विदेश विभाग प्रमुख “कञ्चन”को वक्तव्यमा भनिएको छ “गत सुक्रबार, २३ जनवरी २०१९मा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोका बिरुद्ध अमेरीकी जासुस संस्था सीआईए समर्थित जुवान गाईदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरे । बामपन्थी देखिने सरकार र समाजबादको शुशुप्त गन्ध आउने राजनैतिक ब्यबस्था, बृहत जनसमुदायको हितमा हुने कुनै पनि सरकारको पहल र एकाधिकारबादी निगम पूजीका बिरुद्ध हुने जनमतलाई किञ्चीत सहन नसक्ने संयुक्त राज्य अमेरीकी निगमपूजीका बिश्वठेकेदारहरुको प्रतिनिधित्व गर्ने साम्राज्यबादी सरकारले भेनेजुएलाको बामपन्थी सुधारबादी सरकारलाई सही रहेको थिएन । बिगत लामो समयदेखि सुधारबादी सरकारबाट हुन सक्ने भेनेजुएलाको अर्थतन्त्रमा सुधारको प्रयत्न, राष्ट्रिय पूजीको बिकाश गर्ने सरकारी नीति, देशका खनिजहरु ः तेलखानी र कृषि उत्पादनलाई बृहत भेनेजुएली जनताको हितमा प्रयोेग गर्ने भेनेजुएलाका पूर्ब राष्ट्रपति ≈युगो चाभेज र उनको जीबन प्रयन्त राष्ट्रपति बनेका निकालास मादुरो बिरुद्ध अमेरीकी सम्राज्यबादले बारम्बार आक्रमण गर्दै आईरहेको थियो । भेनेजुएलामाथि अमेरीकी सम्राज्यबाद समर्थित एकाधिकारबादी पूजीबादीहरुको प्रयोग गर्दै पछिल्लो चरणमा अमेरीकी साम्राज्यबादी कठपुतलीको रुपमा खडा गरीएका जुवान गाईदो अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा स्वघोािषत अन्तरीम राष्ट्रपतिको घोषणा गर्न पुगेका छन् । हाम्रो पार्टी कुनै पनि देशको सार्बभौमिकता, जनताको स्वाधिनता र आन्तरिक मामिला माथि हस्तक्षप गर्ने अमेरीकी साम्राज्यबादी नीतिको भत्सर्ना गर्दछ र यस प्रकारको हस्तक्षप कुनै पनि देशले कुनै पनि देशमाथि गर्ने नितिको बिरोध गर्दछ ।”
विज्ञप्तीमा भनिएको छ “हामी यो पनि स्पष्ट गर्न चाहन्छौ कि देशको अर्थतन्त्रमा जरा गरेको एकाधिकारबादी निगम पूजीबादका सम्पूर्ण जराहरु समाप्त पार्ने र उत्पादनका साधनहरु पूर्ण रुपले जनताको अधिनस्त हुने उत्पादन सम्बन्धको स्थापना नगरीकन सुधारबादी प्रक्रियाले कुनै पनि बामपन्थी सरकार साम्राज्यबादी एकाधिकारबादी निगम पूजीबादको सिकार हुनबाट बच्न सक्दैन र आमुल परिबर्तन बिनाको सुधारबादी अर्थ ब्यबस्थाबाट जनताको जीबनस्तरमा परिबर्तन आउन सक्दैन । यो तथ्य भेनेजुएलाको “बामपन्थी” सरकार माथि बारम्बार भएको अमेरीकी आक्रमण र जननिर्बाचित सरकार र भेनेजुएलाको बृहत बहुमतले अनुमोदन गरेको “समाजबादी ब्यबस्थाका” बिरुद्ध भएको पुँजीवादी साम्राज्यबाद समर्थित बिद्रोहबाट प्रष्ट भएको छ ।”
वक्तव्यको अन्तमा भनिएको छ “अन्तमा हामी यौटा सार्बभौम राष्ट्रका बिरुद्ध प्रत्यक्ष हस्तक्षप गर्ने अमेरीकी साम्राज्यबादी नीति र यसप्रकारको हस्तक्षप गर्ने कुनै पनि सरकारको कुनै पनि देशहरुमाथि हुने हस्तक्षपकारी नीतिको घोर बिरोध र भत्सर्ना गछौ । अमेरीकी साम्राज्यबादका बिरुद्ध न्यायपूर्ण संघर्ष र बैज्ञानिक समाजबाद प्राप्तीकालागि डटीरहने न्यायप्रेमी भेनेजुयली जनतासंग हाम्रो पार्टीको नैतिक समर्थन र साथ रहने कुरा पनि स्पष्ट गर्न चाहन्छौ ।”
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख कञ्चनद्वारा जारी विज्ञप्ति –