पुर्व मा.के.का १५ जना ने.क.पा. मा प्रवेश

२०७५ माघ १५ गते, मंगलवार

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टीको संगठन सुदृढ तथा विस्तार अभियान –२ कालिकोट हुदै दैलेखमा पनि तिब्र रुपमा अगाडि बढिरहेकाेे पत्रकार कर्ण विश्वकर्माले बताएका छन् । पुर्व माओबादी केन्द्रबाट १५ जनाले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । सोमबार दैलेखको पिपलकोटमा पुर्व माओबादी केन्द्रबाट १५ जनाले नेकपामा प्रवेश गरेका हुन । नव प्रवेशहरुलाई अभियान टोलका कमान्डर आर्जन उप्रेदि, कर्णाली ब्यूरो सदस्य तथा कालिकोट जिल्ला सेक्रेटरि रणदिप ऐडि लगाएतको अभियान टोलिले स्वागत गरेको हो । अभियान टोलका कमाण्डर आर्जन उप्रेति, कालिकोट जिल्लाका सेक्रेटरी रणदीप ऐडि, एरिया ईन्चार्ज रमेश चँदारा, दलित मुक्ति मोर्चाका कालीकोट जिल्ला अध्यक्ष सरोज बिश्वक्रर्मा, जिल्ला सदस्य तथा छाप्रे ईन्चार्ज अविरल चँदारा लगाएतको अभियान टोलि गाउँगाउँमा पुगी व्यापक भेटघाट छलफल र विभिन्न कार्यक्रमहरु गर्दै निरन्तर रुपमा अभियानलाई तिब्रता दिईरहेका छन् । अभियान टोलिले दैलेख पिपलकोटेमा जनसभा कार्यक्रम सम्पन्न गरेको जिल्ला सदस्य तथा छाप्रे ईन्चार्ज अविरल चँदाराले जानकारी दिए । यसैबिच कालीकोटको नरहरीनाथ गाउँपालिकामा नेकपाको कार्यकर्ता प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन भएको छ । कालिकोटको पश्मि क्षेत्रमा चलिरहेको नेकपाको संगठन सुदृढ तथा विस्तार अभियान –२ ले कार्यकर्ता प्रशिक्षण तथा शिक्षकहरु संगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टीको संगठन सुदृढ तथा विस्तार अभियान –२ मेचीदेखि महाकालीसम्म र विशेषगरी मध्य पहाडी क्षेत्र केन्द्रीत अभियान निरन्तर जारी रहेको छ । सल्यान, रुकुम, अछाम, दैलेख, कैलाली, कञ्चनपुर, दाङ, पूर्व मेची लगायतका विभिन्न ठाउँमा संगठन सुदृढ तथा विस्तार अभियान –२ र पार्टी धुव्रीकरण अभियान चलाइरहेको छ । नेकपाले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान मेचीमा भव्य रूपमा चलिरहेको छ । अभियानको १४ औँ दिन इलामको फाकफोक थुम वार्ड नम्बर ४ आमचोक बजारमा ठूलो जनसभा सम्पन्न भएको छ । जनसभामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् । सभालाई सम्बोधन गर्दै पार्टीका पोलिटब्युरो सदस्य तथा अभियान टोली प्रमुख ओमप्रकाश पुनले दलाल पुँजीवादका कारण देश इतिहासमै सर्वाधिक सङ्कटमा परेको बताए । सार्वभौमसत्ता सम्पन्न राष्ट्र भेनेजुएलामा अमेरिकी साम्राज्यवादले नाङ्गो हस्तक्षेप गर्दासमेत केही बोल्न नसक्ने नेपालका प्रधानमन्त्री केपी ओली र उनको सरकार साम्राज्यवादी पुँजीवादीहरूको घोषित दलाल भएको भन्दै नेता पुनले अब क्रान्तिकारी कम्युनिस्टहरूले अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवाद र राष्ट्रिय स्तरमा दलाल पुँजीवादका विरुद्ध सशक्त प्रकारको सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए । नेता पुनले भने, ‘संसदीय व्यवस्थाको असफलता अहिले दलालहरूका बीच आपसी अन्तरविरोधमा अभिव्यक्त हुँदै गएको छ । उनीहरूले यसलाई क्रान्तिकारी शक्तिमाथि दमन गरेर वा गृहयुद्ध निम्त्याएर विषयान्तर गर्न खोजिरहेका छन् । यो हाम्रो पार्टी र नेपाली जनतालाई कदापि स्वीकार्य हुँदैन । बाबुरामको पलायन र प्रचण्डको विचलनले जनता र क्रान्तिकारीमा केही निराशा र अविश्वास खडा गरे पनि अहिले हाम्रो पार्टीका उदीयमान नेता कमरेड विप्लवको नेतृत्वमा अघि बढेको एकीकृत जनक्रान्तिले जनतामा पुनः नयाँ आशा र विश्वास पलाएको छ ।’आफ्नो पार्टी जनयुद्धको उत्तराधिकारी भएकाले आफूहरू अहिले जनतामा फर्किएको नेता बताउँदै पुनले अब देशमा छिट्टै समाजवादी क्रान्ति सम्पन्न हुने दाबी गरे ।

प्रतिक्रियाहरु

[anycomment]