विप्लव र प्रकाण्ड निर्दोष साबित

काठमाडौं, २२ माघ । जिल्ला अदालत भोजपुरवाट नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र प्रकाण्डसहितका २० जना विरुद्ध लागाइएको ज्यानमार्ने उद्योग र बिष्फोटक पदार्थ सम्बन्धी मुद्धामा १६ जनाले सफाइ पाएका छन् । जिल्ला अदालत भोजपुरमा सोमवार भएको बहसपछिको फैसलामा नेकपा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पीविएम पदम राई लगायत १६ जनाले सफाई पाएका हुन् । गत बर्षको पुसमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनकोबेला महासचिव विप्लव र प्रवत्ता प्रकाण्ड, स्थाइ कमिटी सदस्य धर्मेन्द्र बस्तोला पोलिट्ब्युरो सद्स्य पदम राई बिकास लगायत २० जना नेता बिरुद्ध ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थ मुद्धामा कसुर गरेको अभियोगमा मुद्धा दायर भएको थियो ।
२ वटा ज्यान मार्ने उद्योग र एउटा बिस्पोटन सम्बन्धी मुद्धा भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिसचन्द्र इङ्नामको एकल इजलासले उनीहरुलाई सफाइ दिएको हो भने दुई जनालाई धरौटि लिईएको अदालतका श्रेस्तेदार विष्णु प्रसाद दाहालले जानकारी दिए ।
अन्य दुई जनालाई ज्यानमार्ने उद्योग र बिष्फोटक पदार्थ तर्फ गरी तीन वटै मुद्धामा ४०/४० हजार जरिवाना लिएको श्रेष्तेदार दाहालले बताए ।
यहि मुद्धमा नेकपाका स्थाई समिति सदस्य धर्मेन्द्र बास्तोला र अर्का नेता तथा किराती राष्टिय मुक्ति मोर्चाका अध्यक्ष मादेन राईको वतन नखुलेकाले तामेलीमा राखिएको छ । फैसलाको पूर्ण पाठ भने आउन बाकीँ छ ।
यसअघि यहि मुद्धामा नेकपा प्रवक्ता प्रकाण्ड सहितका नेताहरुलाई पक्राउ गरि भोजपुर पुर्याईएको थियो । तर सर्वोच्च अदालतले निर्दोश रहेको भन्दै रिहा गर्न आदेश दिएपछि रिहा भएका थिए ।
सरकारले स्थानीय तहको निर्वाचनका समयदेखि नै नेकपाका नेता कार्यकर्तामाथि राजनितिक प्रतिशोधका कारण झुठा मुदा लगाएर धरपकड तिब्र पारेको थियो । प्रवत्ता प्रकाण्डलाई गिरफ्तार गरि ६ जिल्ला घुमाएपछि अन्तत ५१ दिनको हिरासत बसाईपछि रिहा भएका थिए । यस्तै पार्टी पोलिटब्युरो सदस्य जीवन्त, उमा भुजेल, गम्भिर,पदम राई , केन्द्रिय सदस्य चन्द्र खड्का लगायतका दर्जनौ नेता कार्यकर्ता गिरफ्तार परेका थिए । – दिनेश शर्मा