सत्ताधारी दल छोडी ने.क.पा.मा प्रवेश

२०७५ माघ २२ गते, मंगलवार

काठमाडौं, २२ माघ । कालिकाेटमा सत्ताधारी पार्टी नेकपाका झण्डै ७ दर्जन नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ कालीकोटमा पनि तीव्रताका साथ अगाडि बढिरहेकाे उनीहरू विप्लव नेकपामा प्रवेश गरेका हुन् । अभियानको क्रममा कालीकोटमा लङ्कबहादुर बुढाको नेतृत्वमा ७५ जना केपी-प्रचण्डका गठबन्धनका नेता-कार्यकर्र्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेकपा नेता हितमानले अविर लगाएर स्वागत गरेका थिए । केपी-प्रचण्डका गठबन्धनका नेता-कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको लहर देशैभरी चलिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]