‘दलाल संसदीय व्यवस्थाको चिहान खनिदैछ’

काठमाडौं , २२ माघ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश बिकले जनयुद्धमा नेपाली युवाहरुले गरेको बलिदानप्रति तत्कालन नेतृत्वले गद्दारी गरेकै कारण प्राप्त उपलब्धी समेत गुमेको बताएक छन ।उनले जनयुद्धमा युवाहरूले अग्रणी भुमिका रहेर योगदान गरेपनि अन्तत शान्तिप्रकृयामा आएसँगै त्यसका नेतृत्व प्रचण्ड बाबुराम लगायतका केहि नेताहरुको गद्धारीले क्रान्ति अधुरै रहेको बताए । युवा संगठन महाकालीव्युरोले भीमदत्तनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष दिनेशले जनयुद्धमा युवाहाँरुको भूमिका र बलिदानी अग्रणी थियो तर तत्कालिन नेतृत्व प्रचण्ड बाबुराम दलाल संसदबादमा फसेकाले सबै खेर गएको बताए । उनले फेरी युवाहरुको काधमा अधुरो क्रान्ति पुरा गर्ने महान जिम्मेवारी आएकाले त्यसको कार्यभार उठाएर एकिकृत जनक्रान्तिको यात्रा सुरु गरेको नेपाल कम्युनिस्ट पार्टीमा गोलबद्ध हुन आह्वान गरे ।
पश्चिम कमान्ड इन्चार्ज समेत रहेका दिनेशले एकीकृत जनक्रान्तीमार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि आफुहरु निरन्तर अभियानमा जुटिरहेको उल्लेख गर्दै दलाल संसदीय व्यवस्थाको चिहान खन्ने अन्तिम लडाइँका निम्ति तयार हुन युवाहरुलाई अपिल गरे ।
उपाध्यक्ष दिनेशले अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गरेको भन्दै विरोध समेत गरे । अमेरिकी साम्राज्यवादलाई परास्त गर्न क्रान्तिकारी युवाहरुको अन्तर्रा्स्ट्रिय रुपमै एक हुन जरुरी रहेको भन्दै उनले अमेरिकी प्रत्यक्ष हस्तक्षेप भेनेजुएलामा देखापरे पनि उक्त कदम संसारभरका क्रान्तिकारीहरुको चासोको बिषय भएको धारणा राखे ।
जनयुद्ध दिवसको पुर्वसन्ध्यामा युवा संगठन नेपाल महाकाली ब्युरोले ‘दशबर्षे जनयुद्ध, एकीकृत जनक्रान्तीमार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरुको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
संगठनका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज श्याम भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष दिनेश बिक सहित विभिन्न बक्ताहरुले आ(आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेकपा दार्चुला जिल्ला इन्चार्ज जीवन, नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुर जिल्ला सह(सचीव बिष्णु नेपाली, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरका सहसचिव मोहन बिष्ट, वाइसीएलका जिल्ला अध्यक्ष सुचित्र शाह, नागरिक समाज कञ्चनपुरका सचिव प्रभुनिधी पन्त, शिक्षक ओमप्रकाश जोशीलगायत राजनीतिक नेताकार्यकर्ताको उपस्थिति रहेको थियो