अखिल(क्रान्तिकारी)द्वारा देशभर मशाल जुलुस

काठमाडौं , २३ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन (क्रान्तिकारी)ले आम शैक्षिक हडतालको पूर्वसन्ध्यामा उपत्यका सहित देशैभर मशाल जुलुस निकालेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय काेषाध्यक्ष नरेन्द्र बि.क. को रिहाईको माग गर्दै आह्वान गरेको शैक्षिक हडतालको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर, ललितपुर सहित देशभर मशल जुलुस निकालेकाे हाे ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बाेडेचोक लगायत विभिन्न स्थानमा मसाल जुलुस निकालिएको छ । बाेडेचाेकमा निस्किएको जुलुसकाे नेतृत्व अखिल (क्रान्तिकारी) भक्तपुरका उपाध्यक्ष क्रान्तिले गरेका थिए। अहिलेसम्म जुलुसकर्मीहरु काेही पनि गिरफ्तार नभएकाे जानकारी उपाध्यक्ष क्रान्तिकाे भनाइ उदृत गर्दै पत्रकार भुपेन्द्र घर्तीले जानकारी दिएका छन् ।
यस्तै, मोरङ्गकाे पनि विभिन्न स्थानमा मशाल जूलूस निस्किएको छ । बुधबार साँझ चितवनकाे हाकिम चाेक लगायत क्षेत्रमा पनि जुलुस निस्किएको जनाइएको छ। जुलुस हाकिमचाेकबाट रिजाल चोकसम्म पुगेर काेणसभामा परिणत भएकाे थियाे। उता कपिलवस्तु र अछाम जिल्लामा पनि आज साँझ काेषााध्यक्ष विककाे रिहाइको माग गर्दै मशाल जुलुस निकालिएको छ ।
नरेन्द्रलाई माघ १७ गते बिराटनगर बिमानस्थल बाट गिरफ्तार गरिएका थियो । बिश्वकर्मा लाइ झुटा मुद्धा लगाएर फंसाउन खोजिएको भन्दै संगठनले भोलि २४ गते देश ब्यापी रुपमा शैक्षिक आम हड्तालको घोसणा गरेको छ। संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले भाेलिकाे हडताल सफल पार्न सहयाेग गर्न सबैलाई अपिल पनि गरेका छन् ।