‘शान्तिपूर्ण आन्दोलनमा दमन गरे आन्दोलन ‘

काठमाडौं, २४ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले शान्तिपूर्ण आन्दोलनमा दमन गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ । युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन जंगलीले आज प्रेस विज्ञप्ति जारी गर्दै संगठनका केन्द्रीय सदस्य कुबेर र धादिङ जिल्ला अध्यक्ष चट्टानलाई विनाकारण गिरफतार गरिएको भन्दै तत्काल रिहाईको माग गरेका छन् । अध्यक्ष पाटनले स्वन्त्ररुपमा आन्दोलन गर्ने नागरिकको अधिकारमा सरकारले प्रतिवन्ध लगाएको ठोकुवा गर्दै सरकारले भ्रष्टाचारलाई संस्थागत गरिरहेको र जनप्रतिनिधिको नाममा सत्ताले बैधता दिइरहेकोले त्यसका विरुद्ध आन्दोलन गरिरहेको बेला आफनो पार्टीका नेता कार्यकर्ता गिरफतार गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । अभियानको सिलसिलामा रहेका आफना नेताकार्यकर्तालाई सरकारले गिरफतार गरेको भन्दै विनाशर्त रिहा नगरे आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।