जनकलाकारलाई तत्काल रिहा गर्न माग

काठमाडौं, २४ माघ । नेपाल जनसांस्कृतिक महासङ्घका महासचिब खेम थपलियाले सामना सांस्कृतिक परिवारका जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई पाँचथर जिल्लाको रविबजारबाट प्रहरीले गिरफ्तार गरेर फिदिम लगेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन । उनले आज एक बिज्ञप्ति जारी गर्दै निर्लज्ज रूपमा निहत्था जनकलाकारमाथि पाँचथरको रविबजारमा भएको प्रहरी दमन प्रति आपत्ति जनाउदै दलाल सरकारको यसप्रकारको गतिविधिबाट क्रान्तिकारी, देशभक्त तथा स्वाभिमानी जनता आजित भइसकेका छन्, जनताको धैर्यताको बाँध अब धेरै दिन टिक्न नसक्ने बताएका छन । उनले इच्छुकलगायत १७० भन्दा बढी सांस्कृतिक योद्धाहरूले बलिदानको कोटा चुक्ता गरिसकेको सन्दर्भमा वर्तमान सामाजिक दलाल संसदीय सत्ताका मतियारले सङ्गठनका लोकप्रिय जनकलाकारलाई बिनाकारण गिरफ्तारी गरिनु अत्यतन्त निन्दनीय भएको बताएका छन । साथै उनले गिरफ्तारीमा परेका जनकलाकारहरू कुमार थामी र लक्ष्मण तामाङलाई यथाशीघ्र रिहाइको निम्ति सम्बन्धित पक्षसित विशेष अपील गरेका छन । अन्यथा सरकारविरुद्ध सशक्त प्रतिरोध गर्नुको कुनै विकल्प नरहेको र जसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् वर्तमान सरकार हुने कुरा उनले विज्ञप्तिमार्फत् चेतावनी दिएका । यस बिषयमा नेपाल जनसांस्कृतिक महासङ्घका महासचिब खेम थपलियाले जारी गरेको विज्ञाप्ति यस प्रकार रहेको छ – ” कमरेड विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअन्तरगत दुईमहिने ‘संगठन विस्तार तथा सुदृढ अभियान’ देशव्यापी चलिरहेको छ । हजारौँ जनताको सहभागिता र समर्थनबाट देशभर यो कार्यक्रम भव्यताका साथ सञ्चालन हुनुले ओली–प्रचण्डको नेतत्ृवको सामाजिक फासिवादी दलाल सरकार नराम्ररी अत्तालिन थालेको । यसै सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तरगत रहेको केन्द्रीय टोली ‘सामना सांस्कृतिक परिवार’ का जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई पाँचथर जिल्लाको रविबजारबाट प्रहरीको एक जत्थाले गिरफ्तार गरेर फिदिम लगेको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालमा यतिबेला खपु (खड्गपसाद ओली र पुष्पकमल दाहाल) सरकार देशभक्त, क्रान्तिकारी, परिवर्तनप्रेमी राजनीतिक शक्ति तथा जनतालाई बन्दुक र बुटको आतङ्क सिर्जना गर्दै देश र जनताका विरुद्ध उभिएको छ । कुनै पनि देशका न्यायप्रेमी नागरिक खराब शासक र तिनका खराब शासनव्यवस्थालाई स्वीकार्न बाध्य छैनन् र बाध्य हुन पनि हुँदैन, यो खराब व्यवस्था स्वीकार्न जनता बाध्य छैनन् । जनताका मौलिक हक–अधिकारका खिलाफ स्वयम् सरकार उभिएपछि यतिबेला तिनका विरुद्ध सशक्त प्रतिवाद गर्नु, प्रतिरोध गर्नु जनताको नैसर्गिक अधिकार बनेको छ । आज सामाजिक दलाल फासिवादी सरकारका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविका सवाल गम्भीर मोडमा पुगेको छ । सरकार जनताका लेखक–साहित्यकार–कलाकारहरूलाई खतरनाक दुश्मन मान्दै तिनका विरुद्ध व्यापक दमनमा उत्रिरहेको छ । आज निर्लज्ज रूपमा निहत्था जनकलाकारमाथि पाँचथरको रविबजारमा भएको प्रहरी दमनलाई हामीले यसै प्रकरणको निरन्तरताको नयाँ घटनाका रूपमा लिएका छौँ । दलाल सरकारको यसप्रकारको गतिविधिबाट क्रान्तिकारी, देशभक्त तथा स्वाभिमानी जनता आजित भइसकेका छन्, जनताको धैर्यताको बाँध अब धेरै दिन टिक्न सक्तैन ।
झन्डै चार दशकदेखि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनताका हरेक न्यायपूर्ण परिवर्तनकारी राजनीतिक–सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह आएको छ । इच्छुकलगायत १७० भन्दा बढी सांस्कृतिक योद्धाहरूले बलिदानको कोटा चुक्ता गरिसकेको सन्दर्भमा वर्तमान सामाजिक दलाल संसदीय सत्ताका मतियारले हाम्रो गौरवशाली सङ्गठनका लोकप्रिय जनकलाकारलाई बिनाकारण गिरफ्तारी गरिनु अत्यतन्त निन्दनीय छ । यसर्थ, गिरफ्तारीमा पर्नुभएका जनकलाकार कमरेडहरू कुमार थामी र लक्ष्मण तामाङलाई यथाशीघ्र रिहाइको निम्ति हामी सम्बन्धित पक्षसित विशेष अपील गर्दछौँ । अन्यथा खपु सरकारविरुद्ध सशक्त प्रतिरोध गर्नुको कुनै विकल्प रहनेछैन, जसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् वर्तमान सरकार हुने कुरा पनि हामी यसै विज्ञप्तिमार्फत् चेतावनी दिन चाहन्छौँ ।”