काेइरालालाई आत्मसमर्पण गर्न ७ दिने अल्टिमेटम

२०७५ माघ २६ गते, शनिबार

काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी झापाको भद्रपुर नगरसमितिले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाममा रकम असुली गर्ने सुबास कोइराला उर्फ टीका कार्कीलाई ७ दिनभित्र पार्टीसमक्ष आत्मासमर्पण गर्न सार्वजानिक चेतावनी दिइएको छ । पार्टीका भद्रपुर नगर सेक्रेटरी प्रविन मिश्रद्वारा आज जारी प्रेस विज्ञप्तिमा कोइरालाले आफूलाई अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष बतांउँदै भद्रपुरको विद्युत प्राधिकरणलगायतका विभिन्न स्थानबाट लाखौं रुपैयाँ रकम असुली गरेको पाइएकोले रकम फिर्तासहित आम्मसमर्ण गर्न एक हप्ते समयसीमा राखेर विज्ञप्ति जारी गरिएको बताइएको छ ।
भद्रपुर नगरपालिका घर भै काठमाडौ स्थायी बसोबास गर्ने अन्दाजी वर्ष ३५/४० का कोइरालालाई आजबाट ७ दिनभित्र पार्टी समक्ष आत्मासमर्पण गर्दै असुलेको रकम संम्बन्धित संस्था र व्यक्तिलाई नै फिर्ता गर्न र सार्वजानिक माफी माग्न विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘७ दिनभित्र सम्पर्कमा आउन र नआएमा निजले प्रयोग गरेको मोटर साइकल र निजि सम्पत्ति जफत गरी सम्बन्धित संस्था र व्यक्तिहरुको रकम फिर्ता गर्ने जानकारी गराइन्छ ।’ साथै कोइरालालाई भेट्ने वा देख्ने जोकोहीले पक्राउ गरी पार्टीलाई बुझाई सहयोग गर्न समेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । पार्टीको सम्पर्कबाहिर रहेका कोइरालाको श्यामश्वेत तस्बीर विज्ञप्तिमै राखेर सार्वजनिक गरेका छन् । र, उनले प्रयाेग गर्दै अ ाएकाे भनिएकाे माेटरसाइकल र माेवाइल नम्बर समेत राखिएकाे रा र ा
नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी नामम भजाएर रकमम असुल्ने र पार्टीलाई घात गर्ने पात्रको हकमा रकम फिर्ता गर्न र पार्टीसामू आत्मसमपर्ण गर्न गरिएको अल्टिमेटमसहितको औपचारिक अपिल सम्भवतः यो पहिलो घटना हो ।
पार्टीको नाममा फाइदा लिने र भागेर चोखिन खोज्ने अनि पार्टीविरुद्ध गतिविधि गर्नेलाई पार्टी नछाड्ने नीति बनाइएको बताइरहेको बेला यो अपिल आएको हो ।

प्रतिक्रियाहरु

[anycomment]