युवा संगठन दाङको अध्यक्षमा परियार

काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन, नेपाल दाङको तेस्रो जिल्ला सम्मेलनले मनाेज परियारको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । दाङको अाज घाेराहीमा सम्पन्न भएको सम्मेलनले उपाध्यक्षमा तुलसी चाैधरी, सचिवमा जीवनी चाैधरी, काेषाध्यक्ष सुदर्शनलाई निर्वाचित गरेको छ । सम्मेलननले ७ जनाको जिल्ला कार्यालय टिम समेत चयन गरेको छ । युवा संगठन, नेपालका केन्द्रीय अध्यक्ष पाटनकाे प्रमुख अातिथ्य एवं नेपाल कम्युनिस्ट पार्टी दाङका इन्चार्ज सविनकाे विशिष्ट अातिथ्यमा भएको कार्यक्रममा युवा संगठनका महासचिव सागर, युवा संगठनका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो संयाेजक तिलक याेगी लगायतकाे सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।