‘क्रान्ति अवश्यम्भावी बन्दै गएको छ’

२०७५ फाल्गुन १ गते, बुधबार

काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली क्रान्तिकारीहरूको भविष्य उज्ज्वल भएको बताउदै क्रान्ति अवश्यम्भाबी बन्दै गएको ठोकुवा गरेका छन । महासचिव विप्लवले जनयुद्ध दिवसको अवसर पारेर आज एक विज्ञप्ति जारी गर्दै सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते, पार्टीका नेता, कार्यकर्ता र जनतालाई शुभकामना तथा बधाई दिएका छन् । उनले साम्यवादी विचार नै जनयुद्धको विचार थियो भन्ने उल्लेख गर्दै भनेका छन्, ‘महान् साम्यवादी उत्कृष्ठ एवम् अजम्मरी विचार महान् जनयुद्ध र जनयुद्धका सहिद, बेपत्ता र घाइते योद्धा, जनयुद्धमा विभिन्न प्रक्रियामा सहभागी जनताको त्याग त्यही आदर्श र सपनासँग जोडिएको छ । जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्नेछ ।’ उनले विज्ञप्तिमा सबैलाई एकीकृत जनक्रान्तिमा हातेमालो गर्न पनि अपिल गरेका छन् । उनले भनेका छन्, ‘तसर्थ महान् सहिद, बेपत्ता योद्धा परिवार र सम्पूर्ण घाइते योद्धा, जनमुक्ति सेना, जनता, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपतिवर्ग, देशभक्त शक्तिहरू कहिल्यै नटुट्ने हातेमालो गर्दै वैज्ञानिक समाजवाद, साम्यवादतिर अघि बढौँ भन्ने अपिल जनयुद्ध दिवसका अवसरमा गर्दछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]