युवा संगठनद्वारा वाम बहादुरलाई तत्काल रिहाइ गर्न माग

२०७५ फाल्गुन ३ गते, शुक्रबार

काठमाडौ, ३ फागुन । प्रहरीले युवा संगठन नेपालका राप्ती ब्यूरो सदस्य तथा प्यूठान जिल्ला अध्यक्ष वाम बहादुरलाई गिरफ्तार गरेको छ । संगठनका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो संयोजक तिलक योगीले एक प्रेस विज्ञप्ती जारी वाम बहादुरलाई विनाकारण गिरफ्तार गरिएको भन्दै घोर भ्रत्सना गर्दै रिहाइको माग गरेका छन ।उनले संगठनको अभियानमा रहेका वाम बहादुरलाई विनाकारण प्रशासनले गिरफ्तार गरेको जानकारी गराउदै विनासर्त ससम्मान रिहाई गर्न जोडदार माग गरेका छन ।
“यतिवेला देशमा भैरहेको भ्रष्टाचार, कमिसन खोर, चर्को कर अशुली, महंगी, र एन.सि.एल लगाएत संस्थाहरुको अरवौंको कर छलिका विरुद्ध हाम्रो संगठन चरणवद्ध संघर्ष गर्दै आएको सवैमा स्पष्ट छ । आज देशमा भ्रष्टाचारलाई संस्थागत गरिएको छ भने जन प्रतिनिधीहरुको नाममा जनतामाथि भएको ज्यादतीलाई दलाल सत्ताले वैधानिकता दिएको छ । कथित लोकतन्त्रको हवाला दिने के.पी प्रचण्डको सरकारले नागरिकको वोल्न, लेख्न, शान्तिपूर्ण रुपले राजनिति गर्न पाउने अधिकारबाट बन्चित गरेको छ गिरफ्तार कमरेडलाई विनसर्त ससम्मान रिहाई गर्न जोडदार माग गर्दछौं । अन्यथा धरपकटका श्रृखला वढदै नागरिकको मौलिक हकको समेत हनन गर्ने सामाजिक दलाल के.पी सत्ताका विरुद्ध हाम्रो संगठन चरणवद्ध संघर्ष गर्न वाध्य हुनेछ”– विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]