ने.क.पा.द्वारा सहिद परिवारको घर निर्माण

२०७५ फाल्गुन ५ गते, आईतवार

काठमाडौं,५ फागुन । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले संगठन सुदृ तथा विस्तार अभियान -२ सँगसँगै सहिद परिवारको घरमा जनश्रमदान पनि गरिरहेको छ । यसैक्रममा जनयुद्धका सहिद विमलको घर निर्माणमा ने.क.पा. कालिकोटले सहयोग गरिरहेको छ । साविकको स्युना गाविसमा रहेको सहिद विमलको घर निर्माणमा श्रमदान गरिरहेको जिल्ला सेक्रेटरी रणदीपले जानकारी दिए । उनले नेता कार्यकर्ताले हिउँको समेत प्रवाह नगरि तीन हप्तादेखि श्रमदान गरिरहेको बताए । सहिद विमलको परिवारको घर निर्माणका लागि जिल्ला सेक्रेटरी रणदीपको कमाण्डमा ३३ जनाको टोली खटिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]