जनपक्षीय काम नगरे जनकारवाही

२०७५ फाल्गुन ७ गते, मंगलवार

काठमाडौँ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी कास्कीले अन्नपुर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरलाई जनपक्षीय काम गर्न आग्रह गरेको छ । ने.क.पा. अन्नपुर्ण गाउँपालिका कमिटिका इन्चार्ज परिवर्तनले एक पत्र मार्फत जननिर्वाचित भनिएका प्रतिनिधिहरुलाई कार्यालय समयमा कार्यालयमा नै बसेर जनपक्षीय काम गर्न आग्रह गर्दै अन्यथा जनकारवाही गर्ने चेतावनी दिएक छन । इन्चार्ज परिवर्तनको नाममा मिति २०७५/११/५ गते चलानी नम्बर १०१ उल्लेख गर्दै अन्नपुर्ण गाउँपालिकाका प्रमुखलाई सम्बोधन गरेर लेखिएको पत्रमा पांच वटा मागहरु अघि सारिएको छ । गाउँपालिकाभित्र रहेका शैक्षिक सस्थाहरु तथा विकास निर्माणका काममा भएको भ्रस्टाचार एबम अबरोध तुरुन्त हटाउनुपर्ने र निर्वाचित भनिएका जनप्रतिनिधिहरु स्थानीय निकायको कार्यलयमा नै बसि जनतालाइ सेवा प्रबाह गर्नुपर्ने मुख्या मागहरु सो चेतावनी पत्रमा लेखिएको छ । सो चेतावनी पत्रमा अन्नपुर्ण गाउँपालिका वडा ५, ९ , १० र ११ मा शैक्षिक् संस्थामा भएका भ्रस्टाचार, विकट ठाउँहरुमा बिकास बजेटको नाममा भएका अनियमितता र अवरोधको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको र त्यस बारेमा छानबिन कार्य पनि भैरहेको उल्लेख छ । यस्ता चरम लापरवाही, शैक्षिक संस्थाहरुमा भएका ब्यापक भ्रस्टाचार, बिकास निर्माणका काममा भएका राजनीतिक भागवण्डा, अवरोध र लडाई तथा भ्रस्टाचारमा संलग्नलाई राजनीतिक संरक्षण जस्ता बेथिति र बिकृतिहरु अन्नपूर्ण गाउँपालिकाभित्र रहेको गाउँपालिका प्रमुखलाई सम्बोधन गरी लेखिएको पत्रमा उल्लेख छ । उल्लेखित बिकृति र विसंगतिहरुका बारेमा अबिलाम्वा छानबिन गरी दोषीमाथि कारवाही गर्न र विकास निर्माणका काममाभेका अवरोधहरुलाई तत्काल सर्वपक्षीय छलफल गर्न पनि सोही चेतावनी पत्रमार्फत अनुरोध गरिएको छ । अन्यथा जनताको न्याय र अधिकारका लागि चरणबद्ध आन्दोलन अघि बढाइने पत्रमा जानकारी दिइएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ घान्द्रुक बसपार्क, डांडागाउँ, वडा कार्यालय उरी जोड्ने बाटो निर्माणमा भएको अवरोध तत्काल हटाउन ने.क.पा.ले अन्नपूर्ण गाउँपालिकासंग पहिलो माग राखेको छ ।
निर्वाचन मार्फत निर्वाचित भनिएका जनप्रतिनिधी र सचिवहरुले दैनिक आफ्नो कार्यालायामा बसेर जनतालाई सेवा दिनुपर्ने अर्को माग ने.क.पा.को रहेको छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ स्थित भगवती माविको भवन निर्माणको क्रममा भएको २७ लाख रुपियाँ अनियमितता बारे छानविन गरी दोषीमाथि कडा कारवाही गर्न तथा सोही गाउँपालिकाको वडा नम्बर ५ नयाँपुल्स्थित अभिमान माविमा देखिएको आर्थिक तथा प्रशासनिक अपारदर्शिता चिर्न तत्काल सार्वजनिक गर्ने ब्यबस्था गर्न र वडा नम्बर १०स्थित् खुम्रोखु बराह माविको भवन निर्माणका क्रममा भएका अनियमितताको तत्काल छानविन गर्न पनि सोही पत्रमार्फत माग गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]