उप्रेतीलाई तत्काल रिहा नगरिए परिस्थिति गम्भीर हुने चेतावनी

२०७५ फाल्गुन ८ गते, बुधबार

काठमाडौँ, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सेक्रेटरी सुमनसिंह पौडेलले आफ्नो पार्टीका जिल्ला सदस्य देवि उप्रेतीलाई तत्काल रिहा गर्न माग गरेको छ ।सेक्रेटरी पौडेलले उप्रेतिलाई जिल्ला प्रशासन कार्यलय झापाले अभद्र व्यवहार गरेको भन्दै ३ दिनको म्याद थपेर इलाका प्रहरी कार्यलय बिर्तामोडको हिरासतमा राखिएको छ । उप्रेतिलाइ अबिलम्ब रिहा नगरिए परिस्थिती गम्भीर हुने चेतावनि दिदै बिज्ञप्ती मार्फत बिना कारण राजनीतिक आस्थाकै आधारमा कसैलाई पक्राउ नगर्न आग्रह समेत गरिएको छ ।
सुराकी र सड्यन्त्रकारिको फेहरिस्त क्रान्तिकारीहरु संग रहेको भन्दै समय आएपछी उचित कारबाही गरिने समेत बिज्ञपतीमा चेतावनी दिईएको छ ।

प्रतिक्रियाहरु

[anycomment]