‘ अन्तिम र निर्णायक जनक्रान्ति हुँदैछ’

२०७५ फाल्गुन १० गते, शुक्रबार

काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य असल क्षत्रीले पुरानो सत्तालाई ध्वस्त गर्न सबै एकिकृत जनक्रान्तिमा गोलबद्ध हुनुपर्ने बताएका छन् । माघ १ गतेदेखि देशब्यापि संचालित संगठन सुदृणिकरण तथा बिस्तार अभियान–२ अन्तरगत जाजरकोट छेडागाड नगरपालीका वडा नं १३ गाँडेसालमा बिहिवार भएको कोणसभालाई सम्बोधन गर्दै नेता क्षत्रीले जनताको सत्ता बैत्रानिक समाजवाद स्थापनाका लागि एकिकृत जनक्रान्तिमा होमिन आह्वान समेत गरे ।
अहिले मुलुकमा कम्युनिस्टको सरकार भएपनि जनबिरोधी हर्कत नरोकिएका कारण केपी ओली नेतृत्वको सरकार असफल हुँदै गएको उनको भनाई छ । दलाल संसदीय व्यावस्था, दलाल सत्ता र दलाल पूजिपतिले नेपाली जनताको समस्या समाधान गर्न नसक्ने भएकैले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा एकिकृत जनक्रान्ति अगाडि बढेको नेता क्षेत्रीले बताए ।
अब हुने जनक्रान्ति विगतको जनयुद्ध जस्तो नहुने भन्दै केन्द्रीय सदस्य क्षत्रीले भने, गाँउ र शहरबाट एकसाथ क्रान्ति हुन्छ, त्यसमा देशभक्त, वामपन्थी, प्रगतिशिल, लोकतान्त्रिक र क्रान्तिकारी शक्ति एक हुनुपर्छ, दलाल पूजीवादि सत्ता ध्वस्त बनाएर बैज्ञानिक समाजवाद लागु हुन्छ, यो हाम्रो कार्यभार हो । वर्तमान सरकार एकपछि अर्को राष्ट्रघात र जनघात गर्दै गएको भन्दै उनले अब अन्तिम र निर्णयक क्रान्ति हुने र त्यसले देशलाई स्वाधिन बनाउनुका साथै जनतालाईस अधिकार सम्पन्न बनाउने बताए ।
कार्यक्रमको सन्चालन नेकपा जाजरकोटका सदस्य दिप लामाले गरेका थिए भने कोणसभामा भेरी व्युरो सदस्य निलम र संघर्ष लगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरु

[anycomment]