ने.क.पा. पर्साका सेक्रेटरी यादवसहित २ जना गिरफ्तार

२०७५ फाल्गुन १४ गते, मंगलवार

काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा नेकपा पर्साका जिल्ला सेक्रेटरी बुकी यादव, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक राधेश्याम शाह छन् । उनीहलाई शनिबार पर्शाबाट प्रहरीले गिरफ्तार गरेको नेकपा नारायणी ब्युरोले जनाएको छ । ब्युरोका इन्चार्ज मिलनले विज्ञप्ति प्रकाशित गर्दै जनताको न्यायिक आन्दोलनमा सरकार दमनको नीतिमा अघि बढेको बताएका छन् । उनले गिरफ्तारमा परेका नेताकार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]