सहीद परिवार संगठन नेपालको अध्यक्षमा शोभा
काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट सहीद परिवार संगठन नेपालले १७ सदस्यीय समिति गठन गरेको छ । कैलालीमा सम्पन्न भेलाले शोभा आचार्यको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । उपाध्यक्षमा सरिता जैसी, सचीवमा गजेन्द्र बहादुर सिह, कोषाध्यक्ष धिरज चौधरी छन् । उक्त कार्यक्रममा कैलाली जिल्ला सेक्रेटरि प्रकाश मल्ल लगायतको उपस्थिती रहेको छ ।
यसैबीच कैलालीमा सहिद सप्ताह कार्यक्रम जारी छ । अहिलेसम्म सो क्षेत्रका ७८ जना सहिद परिवारलाई सम्मान गरेको छ ।
