‘कारबाहीमा परेका पत्रकारहरु पार्टीबिरुद्दको षड्यन्त्रमा लागे ‘

२०७५ फाल्गुन १७ गते, शुक्रबार

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गीय संगठनका प्रमुख जिबन्तले पार्टीवाट कारबाहीमा परेको पत्रकारहरु नै पार्टीबिरुद्द अनर्गल प्रचारमा उत्रिएको ठोकुवा गरेका छन् । जिबन्तले नेपाल कम्युनिष्ट पार्टी हेड्क्वाटर, पार्टी प्रवक्ता र जनवर्गीय संगठन ब्यूराे प्रमुख र जनस्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष टीका कँडेललाई जाेडेर केही अनलाईन मिडियाले लेखेकाे समाचार प्रति टिप्पणी गर्दै उक्त थिकुवा गरेका हुन् । विभिन्न अनलाइनहरुमा लेखिएका समाचारमा कुनै सत्यता नभएकाे प्रष्ट पार्दै जिबन्तले भने- ‘पछिल्लाे समय पार्टीको कारवाहीमा परेका आफ्नो स्वार्थ पूरा नभएपछि अनावश्यक भ्रम फैलाउने अराजक झुण्डहरूकाे समूहले निरन्तर पार्टी र पार्टीकाे नेतृत्व विरूद्व निरन्तर लागिरहेकाे छ । सत्ताका मान्छेहरुले योजनाबद्ध ढंगले परिचालन गरि पार्टी र विभिन्न मोर्चाका नेताहरुका विरुद्ध एकपछि अर्को भ्रामक बिषय उठाएर समग्र पार्टी र नेतृत्व बिरुद्ध भ्रम पैदा गर्ने र दुस्मनको सेवक भन्ने जुन हर्कत गर्दैछन् त्यो अक्षम्य छ ।
जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेल पार्टीसंग अनुमति लिएर ब्यक्तिगत कामकाे शिलशिलामा छाेटाे समयका लागि अमेरिका गएको बताउदै भनेका छन्, ‘समाचार लेख्ने तिनै कारवाहीमा परेका अराजकहरू र तिनले चलाएकाे अनलाईन हाे, जसले निरन्तर हाम्राे पार्टी, नेतृत्व र क्रान्ति बिरूद्व विष बमन गरेरहेका छन् ।’ अध्यक्ष टीका कँडेल जग्गा विवादमा संलग्नता नरहेकाे पनि उनले बताएका छन् ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गीय संगठनका प्रमुख जिबन्तले जारी गरेको बिज्ञप्ति जस्ताको त्यस्तै:
“पार्टीका सबै कमरेडहरु एवम् पत्रकार साथीहरू
नेपाल कम्युनिष्ट पार्टी हेड्क्वाटर, पार्टी प्रवक्ता र जनवर्गीय संगठन ब्यूराे प्रमुख र जनस्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष टीका कँडेललाई जाेडेर बदनाम गर्ने उदेश्यले केही अनलाईन मिडियाले लेखेकाे समाचार प्रति गम्भीर ध्यानाकर्षण भएकाे छ । सर्वप्रथम त लेखिएका समाचारमा कुनै सत्यता नभएकाे प्रष्ट पार्न चाहन्छु । पछिल्लाे समय पार्टीको कारवाहीमा परेका अाफ्नो स्वार्थ पूरा नभएपछि अनावश्यक भ्रम फैलाउने अराजक झुण्डहरूकाे समूहले निरन्तर पार्टी र पार्टीकाे नेतृत्व विरूद्व निरन्तर लागिरहेकाे छ । सत्ताका मान्छेहरुले योजनाबद्ध ढंगले परिचालन गरि पार्टी र विभिन्न मोर्चाका नेताहरुका विरुद्ध एकपछि अर्को भ्रामक बिषय उठाएर समग्र पार्टी र नेतृत्व बिरुद्ध भ्रम पैदा गर्ने र दुस्मनको सेवक भन्ने जुन हर्कत गर्दैछन् त्यो अक्षम्य छ । याे पनि यसकै शिलशिलामा हाे भन्ने हाम्राे बुझाई छ । समाचार लेख्ने तिनै कारवाहीमा परेका अराजकहरू र तिनले चलाएकाे अनलाईन हाे,जसले निरन्तर हाम्राे पार्टी, नेतृत्व र क्रान्ति बिरूद्व विष बमन गरेरहेका छन् । जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेल पार्टीसंग अनुमति लिएर ब्यक्तिगत कामकाे शिलशिलामा छाेटाे समयका लागि अमेरिका जानुभएकाे हाे । साथै जग्गा विवादमा उहाँको कुनै संलग्नता रहेकाेबारे पार्टी नेतृत्व प्रष्ट छ । तर, दुश्मनकाे इशारामा नाचिरहेकाहरूले जीविका चलाउन हाम्राे पार्टी विरूद्व निरन्तर लागिरहेका छन् । यसका विरूद्व सचेत रहन साथिहरूलाई आग्रह गर्दछु ।”

प्रतिक्रियाहरु

[anycomment]