दमनको श्रृङ्खला अन्त्य नगरिए संघर्ष !

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आफ्नो पार्टी जिल्ला कमिटि सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य टिकाराम परियार, पार्टीका जिल्ला कमिटि सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चा रोल्पाका पूर्व अध्यक्ष लाल बहादुर सुनारलाई आज बिहान आफ्नो नीजि काममा व्यस्त भइरहेको बेला प्रहरीले विनाकारण अपहरण शैलीमा गिरफ्तार गरेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी प्रयासले आज सोमबार एक प्रेस विज्ञप्ती जारी प्रहरीले जिल्लाका नेताकार्यकर्तालाई विनाकारण गिरफ्तारी गर्ने, नेताकार्यकर्ताको घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई आतकं सृजना गर्ने र शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने घटनाहरु श्रृङ्खला नै रहेको जानकारी गराए । केही दिन अघि मात्र पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासको भावाङमा रहेको घरमा खानतलासी गर्ने र परिवारका सदस्यलाई आतकं सिर्जना गर्ने र रोमियो अप्रेसन र दार्बोट अप्रेसनको झझल्को दिने हर्कत भएको, जागृति, विश्लेषण, बिजुली, दिनेश चन्द लगायतको घरमा खानतलासी गरेर परिवारका सदस्यहरुलाई मनोवैज्ञानिक रुपमा चोटको सिकार बनाएको, र बाच्छे लगायत कयौं ठाउँमा जनतालाई कुटपिट गरेको, होलेरीमा विद्यार्थीको सम्मेलनलाई भाड्ने काम भएकोे विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जनयुद्धको पूर्वसन्ध्यामा रोल्पामा खुम बहादुर खड्काले जुन खालको रवैया अपनाएका थिए त्यसको पुनरावृति स्वरुप अहिले वर्षमान पुनहरुले झन् ठूलो दमन गरिरहेको बताउँदै यी सबैखाले दमनको विभिशिषा र टिकाराम, लाल बहादुरको गिरफ्तारीप्रति पार्टीका तर्फबाट घोर भत्र्सना गर्दै प्रयासले टिकाराम, लाल बहादुरको रिहाइ र दमनको अन्त्यको जोडदार माग गर्नुभएको छ ।
यदि आफूहरुको मागलाई गम्भीरतापूर्वक सुनुवाई गर्नुको साटो कमजोरीका रुपमा बुझे आफ्नो पार्टीले श्रृङ्खलाबद्ध संघर्षको कडा बाटो समात्न बाध्य हुने चेतावनी समेत दिनु भएको छ ।
विज्ञप्तीमा भनिएको छ –“त्यसपश्चात उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार अहिलेको दलाल सत्ता र उसका मतियारहरु आफै हुनुपर्नेछ र उनीहरुले नै महङ्गो मुल्य चुकाउनु पर्नेछ, हाम्रो पुरै पार्टी देशव्यापी जनअभियानमा जुटिरहेको छ । दलाल, भ्रष्ट, तस्कर, बिचौलिया, कालाबजारीहरुको अखडामा बाबण्डर सल्कीरहेको छ । देश र जनताका दुश्मनसँग लड्ने भिष्म प्रतिज्ञाका साथ कम्युनिष्ट क्रान्तिकारीहरु यत्रतत्र सर्वत्र सल्बलाइरहेका छन् । पुरातन दलाल संसदीय पुजीवादी व्यवस्थाको गम्भीर पराजय हुँदैछ र नूतन वैज्ञानिक समाजवादी व्यवस्थाको सानदार विजयको संघारमा नेपाल राष्ट्र उभिरहेको छ । यसै बदलिदो परिवेशमा दलाल सत्ता र यसका मतियारहरु र गृहप्रशासन निर्ममतापूर्वक दमनमा उत्रिरहेको छ । यसै शिलशिलामा रोल्पामा पनि दलालहरुले आफ्नो असली अनुहार उदाङ्गो पारेका छन् ।”
यस बिषयमा रोल्पाका सेक्रटरी प्रयासले जारी गरेको बिग्याप्तिको पूर्ण पाठ- “हाम्रो नेपाल कम्युनिष्ट पार्टी पुरै पार्टी देशव्यापी जनअभियानमा जुटिरहेको छ । दलाल, भ्रष्ट, तस्कर, बिचौलिया, कालाबजारीहरुको अखडामा बाबण्डर सल्कीरहेको छ । देश र जनताका दुश्मनसँग लड्ने भिष्म प्रतिज्ञाका साथ कम्युनिष्ट क्रान्तिकारीहरु यत्रतत्र सर्वत्र सल्बलाइरहेका छन् । पुरातन दलाल संसदीय पुजीवादी व्यवस्थाको गम्भीर पराजय हुँदैछ र नूतन वैज्ञानिक समाजवादी व्यवस्थाको सानदार विजयको संघारमा नेपाल राष्ट्र उभिरहेको छ । यसै बदलिदो परिवेशमा दलाल सत्ता र यसका मतियारहरु र गृहप्रशासन निर्ममतापूर्वक दमनमा उत्रिरहेको छ । यसै शिलशिलामा रोल्पामा पनि दलालहरुले आफ्नो असली अनुहार उदाङ्गो पारेका छन् । आज बिहान मात्र हाम्रो पार्टीका जिल्ला कमिटि सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य क.टिकाराम परियार, पार्टीका जिल्ला कमिटि सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चा रोल्पाका पूर्व अध्यक्ष क.लाल बहादुर सुनारलाई आफ्नो नीजि काममा व्यस्त भइरहँदा प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ । यी सबै घटनाहरु श्रृङ्खलामा छन् । केही दिन अघि मात्र हाम्रो पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासको भावाङमा रहेको घरमा खानतलासी गर्ने र परिवारका सदस्यलाई आतकं सृर्जना गर्ने र रोमियो अप्रेसन र दार्बोट अप्रेसनको झझल्को दिने हर्कत भएको छ । क.जागृति, क.विश्लेषण, क.बिजुली, क.दिनेश चन्दको घरमा खानतलासी गरेर परिवारका सदस्यहरुलाई मनोवैज्ञानिक रुपमा चोटको सिकार बनाएको छ र बाच्छे लगायत कयौं ठाउँमा जनतालाई कुटपिट गरेको छ । होलेरीमा विद्यार्थीको सम्मेलनलाई भाड्ने काम भएको छ । जनयुद्धको पूर्वसन्ध्यामा रोल्पामा खुम बहादुर खड्का र उसको चाटुकर अब्दुल रोहित खाँले जुन खालको रवैया अपनाएका थिए त्यसको पुनरावृति स्वरुप अहिलेको नवदलाल वर्षमान पुन र उसको रोल्पा शाखाको परम हितैषी गञ्ज बहादुर घिङ्सी लगायत लठैत प्रयोग गरेर झन् ठूलो दमन गरिरहेको छ । यी सबैखाले दमनको विभिशिषा र क.टिकाराम, क.लाल बहादुरको गिरफ्तारीलाई हाम्रो पार्टीले जति भत्र्सना गरे पनि कमै हुन जान्छ । त्यसैले क. टिकाराम, क.लाल बहादुरको रिहाइ र दमनको अन्त्यको जोडदार माग गर्न चाहन्छौं । हाम्रो यस्तो मागलाई गम्भीरतापूर्वक सुनुवाई गर्नुको साटो कमजोरीका रुपमा बुझे हाम्रो पार्टीले श्रङ्खलाबद्ध संघर्षको कडा बाटो समात्न बाध्य हुनेछ । त्यसपश्चात उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार दलाल सत्ता र उसका मतियारहरु आफै हुनुपर्नेछ र उनीहरुले नै महङ्गो मुल्य चुकाउनु पर्नेछ ।”