सरकारी दमनको प्रतिरोध गर्ने चेतावनी

२०७५ फाल्गुन २१ गते, मंगलवार

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टीका पोलित्ब्युरो सदस्य वीरजङ्गले सरकारी दमन नरोकिए पार्टी प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोका सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आक्रोशित बनेका नेता वीरजङ्गले सरकारी दमनको प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । ने.क.पा. को लुम्बिनी ब्युरो इन्चार्ज समेत रहेका वीरजङ्गले एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त गिरफ्तारीको घोर निन्दा एवं भत्सर्ना गर्नुका साथै तत्काल रिहा गर्न माग समेत गरेका छन् ।
“हाम्रा नेताकार्यकर्ताको गिरफ्तारीले राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदाङ्गो पारेको छ । कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली–प्रचण्डको पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नाङ्गो बनाएको छ ।” सो बिज्ञप्तिमा अघि भनिएको छ –‘ हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले दुईमहिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरिरहेको अवगत नै छ । विनाशर्त तत्काल रिहा नगरे कडा सङ्घर्षमा उत्रिने चेतावनी दिदै त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी ओली–प्रचण्ड सरकार हुने चेतावनी पनि दिएका छन् l
पार्टीको अभियान तथा सांगठनिक कामको सिलसिलामा २०७५ फागुन १९ गते दिउँसो ओली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले ने.क.पा. लुम्बिनी ब्युरो सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई तम्घासबाट गिरफ्तार गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]