गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

२०७५ फाल्गुन २२ गते, बुधबार

काठमाडौं, २२ फागुन । राेल्पाकाे गंगादेव गाउँपािलका र त्रिवेणी गाउँपािलकाका अध्यक्षको गाडीमा आगजनी भएको छ । गएराती करिब १२ बजे गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसी र त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको गाडीमा आगो लगाएर ध्वस्त पारिएको बताइएको छ । गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसीका अनुसार, ‘गएराती करिब १२ बजे आफ्नो निवासमा नै राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।’

प्रतिक्रियाहरु

[anycomment]