निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउन नसकेको स्वीकार

२०७५ फाल्गुन २२ गते, बुधबार

काठमाडौं, २२ फागुन । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाका दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन अझै सफलता प्राप्त नभएको स्वीकारका छन । आज बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले
हालसम्म दोषी पत्ता नलाग्नुमा केही निकायको लापरवाही मुख्य कारण रहेको बताए । उनले छिट्टै निर्मला पन्तको हत्यामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने विश्वास व्यक्त गरे ।
आजबाटै सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनगढीमा शुरु भएको छ । प्रादेशिक सुरक्षा गोष्ठीमा गृहमन्त्री थापा, सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचिव नारायण बिडारी, तीनवटै सुरक्षा निकायका प्रमुख, सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, चारवटै सुरक्षा निकायका प्रादेशिक प्रमुख, नौवटै जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख लगायतको सहभागिता छ ।

प्रतिक्रियाहरु

[anycomment]