गौरव विल्डर्समाथि जनकारबाही

काठमाडौं, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले कञ्चनपुरको कृष्णपुर नगरपालिका, गुलरीया बजारमा रहेको प्रमा कपाडीको क्रसरमा जनकारबाही गरेको छ । मजदुरलाई श्रम शोषण गर्ने, राज्यको मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन गर्ने, गुणस्तरिय काम नगरि राज्यको सम्पत्ति दोहन गरेको, ठेक्का लिएको काम समयमाा नसकेको, पटक पटक सुध्रिने सल्लाह दिदा पनि अटेरी गरेकाले उक्त जनकारबाही गरेको एक पर्चा समेत वितरण गरेको छ ।
महाकालीको गौरव विल्डर्सलाई सुधारका लागि जनस्तरबाट र राज्यका सम्बन्धीत निकायहरुबाट सल्लाह दिदा सुध्रिनको साटो उल्टो गुण्डा गर्दी शैलीमा प्रतिरोधमा उत्रिने कार्य गरेकाले र पटक पटक सुध्रिने सल्लाह दिदा पनि अटेरी गरेकाले जनकारबाही गर्नुपरेको ने.क.पा. कञ्चनपुरले जनाएको छ । अन्य निर्माण व्यवसायीहरुलाई पनि आफ्ना कमजोरी गतिविधि समयमै सच्याएर जनता र राष्ट्रप्रति जवाफदेही र जिम्मेवार भएर काम गर्न आग्रह समेत गरेको छ ।