विप्लवलाई प्रतिबन्ध लगाएर इतिहास दोहोर्याउन खोजिएको हो ?

काठमाडौं,२९ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएसँगै त्यसको चौतर्फि बिरोध सुरु भएको छ । सरकारले विगतलाई भुलेर अपरिपक्क निर्णय गरेको स्वयंम सत्तारुढ दलकै नेता कार्यकर्ताहरुले बताउँन थालेका छन् । विभिन्न प्रतिकृया आइरहँदा राजनीतिक संवाद मार्फत निकास निकाल्नु पर्नेमा एकाएक प्रतिबन्ध लगाउनु गलत भएको प्रतिकृयाहरु आइरहेका छन् ।
यसैबीच नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले केपी ओली सरकारले विप्लव नेकपामाथि प्रतिवन्ध थोपरेर मजाकको नियति दोहर्याएको बताएका छन । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले माक्र्सको भनाई उल्लेख गर्दै ओली सरकारले विप्लव नेकपालाई दमन गरेर सिध्याउने प्रतिवन्धको निर्णयलाई वियोगान्त र मजाकको रूपमा लिएको बताए ।
सामाजिक संजाल फेसबुक र टवीटरमा बाबुरामले कम्युनिस्ट नाम गरेको सरकारले अर्काे कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध थोपर्नु अचम्म भएको भन्दै त्यसले पुर्याउने बाटो भनेकै विनाशको बाटो भएको उल्लेख गर्नुभयो । विप्लव नेकपालाई प्रतिवन्धित गरेर ओली सरकारले आफ्नो अवसानको बाटो पनि सँगै रोजेको बताए ।
उता पुर्नगठीत नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले पनि सरकारी कदमको विरोध गर्नुभएको छ । किरातीले विप्लव नेकपालाई भने सरकारसँग वार्तामा आउन अनुरोध पनि गरे ।
यस्तै नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहिले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको कडा शव्दमा विरोध गरे ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय महासचिव समेत रहेका शाहीले सरकारको उक्त कदमलाई मुर्खताको संज्ञा दिए । class=”alignright size-full wp-image-52119″ />