नेपाल बन्दको प्रभाव , ठाउँठाउँमा बम विस्फोट

काठमाडौं,३० फागुन ।नेपाल कम्युनिस्ट पार्टीले सरकारी दमन र धरपकडको विरोधमा घोषणा गरेको नेपाल बन्दको प्रभाव देशैभरी परेको छ । बन्दको कारण आज बिहानै देखि लामो तथा छोटो दुरीका सवारी साधन बन्द भएका छन् भने कतिपय ठाउँमा प्रहरीले स्कटीङ्ग गरेर यातायातका साधन चलाएको छ । नेपाल बन्दको दिन बिहानै ठाउँठाउँमा बम विस्फोट भएका खबरहरु प्राप्त भएका छन् । राजधानीकै मुटु सिंहदरबारको पुर्वीगेटमा बम भेटिएको छ । बम भेटिएको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । यस्तै पोखरा र चितवनमा गएराती बम विस्फोट भएको स्थानीयले बताएका छन् ।
नेपालबन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले धादिङमा २ वटा मालबाहक ट्रकमा आगजनी गरिदिएका छन् भने मकवानपुरमा पनि एउटा ट्रकमा आगजनी गरिएको छ ।
यता ,पोखराको दुई स्थानमा आज बिहान बम फेला परेको छ । पोखरको सभागृह चोकको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि दुईवटा बम भेटिएको हो । प्रहरीले शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको जनाइएको छ । बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । नेत्र विक्रम चन्द विप्लवको नेपाल बन्दका कारण पोखराको जनजिवन प्रभावित भएको छ । केही निजी सवारी साधन फट्टफुट्ट चलेको भए पनि सार्वजनिक सवारी साधन चलेका छैनन् । विद्यालय तथा बजार पनि बन्द भएका छन् ।