ने.क.पा.का पोलिटब्युरो सदस्य ‘जीवन्त’ गिरफ्तार

२०७५ चैत्र २ गते, शनिबार

काठमाडौं, २ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्धको घोषणा गरेर धरपकड शुरु गरेको सरकारले सो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलाई पक्राउ गरेको छ । गएराति ललितपुरको च्यासलबाट औषधी लिन डेरामा पुगेका बेला पक्राउ गरिएको पारीवारीक स्रोतले जनाएको छ । सुगर रोगले पीडित कार्की औषधी लिन भन्दै डेरामा जानासाथ सादा पोशाक र ड्रेसमा गएका प्रहरीले पक्राउ गरेर लगेको जनाईएको छ । उनलाई पक्राउ गरिएको बारे ललितपुरमा एसपी रबीन्द्र धानुकले जानकारी नभएको प्रतिकृया दिए । उनी यस अघि पनि पक्राउ परेका थिए । त्यस बेला सर्वोच्च अदालतको आदेश पछि रिहा भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]