किस्ता नतिरेको भन्दै घरमा लगाएको ताला नेकपाका कार्यकर्ताले खोलिदिए

२०७५ चैत्र ३ गते, आईतवार

काठमाडौं , ३ चैत । अहिले ग्रामिण क्षेत्रमा बग्रेल्ती विभिन्न नारा र पलोभन दिएर गरीब जनताहरुलाई क्रृण दिने र नदिए घरमा ताला लगाउने भाडा बर्तनै कब्जा गरेर लाने गरेको समस्या देशै भरी देखिन्छ ।
मोरगंको बयरबनमा पनि स्थानीय थारु समुदायलाई केही रकम क्रृण दिएर पछि महिनावारी किस्ता भनेको दिन तिर्न नसकेको भन्दै बस्ने घरका सबै कोठाहरुमा ताला लगाएको भेटिए पछि विप्लव नेकपाका कार्यकर्ताहरुले घर घरको ताला फुटाएर जनतालाई भित्र बसाएको खबर छ ।
कानेपोखरी गाँउपालिका अन्तर्गत सो क्षेत्रमा थारु धिमाल, माझी लगायतका आदिवासी जनताको सामान्य झुपडीमै ताला लगाए पछि आफूहरुले खोलिदिएको र गुरास लघुवित्त सहित अन्य वित्तिय संस्थाहरुलाई जनताको घर उठिवास नबनाउन चेतावनी दिईएको नेकपा मोरगंका जिल्ला सेक्रेटरी नवराजले बताए ।
उनले यस्ता सुदखोरी वित्तिय संस्थाहरुले गाउका गरीब जनतालाई उठिास लगाएको देखिएकाले यस्तो कार्य नरोके उनीहरुलाई कार्बाही गर्ने चेतावनी दिए ।

प्रतिक्रियाहरु

[anycomment]