सेनाको सुझाब : विप्लवलाई बल प्रयोग गरेर नियन्त्रणमा लिनु घातक, वार्ता र सहमतिबाट समाधान उपयुक्त

काठमाडौं , ७ चैत । फागुन २८ गतेदेखि विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्धको घोषणा गरेर दमन गर्ने नीति लिएको सरकारलाई सेनाले त्यस्तो कदमले निकास ननिस्कने सुझाव दिएको छ ।
सेना परिचालनको अधिकार समेत आफ्नै मातहत ल्याएर विप्लवलाई दमन गर्ने मनशायले प्रधानमन्त्रीले रक्षा मन्त्रालय मार्फत ससदमा विधेयक नै पेश गरेको पृष्टभूमिमा सेनाको पछिल्लो सुझावले सरकार नैतिक रुपले कमजोर सावित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको गतिविधि नियन्त्रणमा लिन बल प्रयोग घातक हुन सक्छ त्यसैले वार्ता र राजनीतिक रुपमै असन्तुष्टी सवोधन गर्नु ठीक हुन्छ सैनिक स्रोतले भन्यो ।
राज्यको मुख्य फौजी शक्तिले समेत राजनीतिक निकास उपयुक्त भएको भन्ने सुझाव दिदा पनि सरकार प्रतिवन्धमा कायम रहनु बेठीक हुने विष्लेषकहरु बताउछन् ।
सिके राउतको विखण्डनकारी अजेन्डासमेत राजनीतिक रुपबाटै व्यवस्थापन भएको भन्दै नेपाली सेनाले विप्लव समूहलाई पनि सोही अनुसारको व्यवहार गर्नु उपयुक्त हुने जनाएको छ। – नागरिक दैनिकवाट