पत्रकार विक रेडियोको स्टुडियोबाटै पक्राउ, अविलम्व रिहा गर्न माग

काठमाडौं, ७ चैत । जनपत्रकार संगठनका कालिकोट जिल्ला सयोजक कर्ण बहाहदुर विकलाई नयाँ कर्णाली रेडियोको कार्यकक्ष भित्रैबाट पक्राउ गरेको भन्दै जनपत्रकार संगठनले अविलम्व रिहा गर्न माग गरेको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारी गरी वि.क.लाई रेडियो नयाँ कर्णाली १०२.८ मेगाहर्जको कार्यालयमा पुगी बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै विरोध जनाएका छन् ।
वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति निरन्तर असहिष्णु तथा अनुदार बन्दै आएको र संयोजक वि.क.को गिरफ्तारी पनि यसैको निरन्तरता हो भन्ने हाम्रो संगठनको ठहर छ विज्ञप्तिमा भनिएको छ । संविधानप्रदत्त अधिकारलाई कुण्ठित हुने गरी वर्तमान सरकारले देखाएको यो रवैया खेदजनक छ । विचार,आस्था र प्रेसतथाअभिव्यक्ति स्वतन्त्रताको हननहुने गरी संयोजक वि.क.लाई प्रहरीलेप्रतिशोधपूर्ण तरिकालेगिरफ्तार गरेको संगठनको निस्कर्ष छ । तसर्थ,निर्वाधरुपमा प्रेस तथाअभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाउने, स्वतन्त्रपूर्वक समाचार संकलन, लेखन, प्रकाशनतथा प्रसारण गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सरकारलाई हामी आग्रह गर्दछौं । गिरफ्तार श्रृंखला रोक्न साथै गिरफ्तार वि.क.लाई बिना सर्त स–सम्मान रिहा गर्न जोडदार माग गर्दछौं ।
यसैगरी ,नेपाल पत्रकार महासंघले कालिकाेटका पत्रकार कर्ण विश्वकर्मलाइ प्रहरीले गिरफ्तार गरेकेा प्रति गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ । महासंघका महासचिव रमेश विष्टले बिहिवार बिज्ञप्ती जारी गरी कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकषर्ण भएकाे जनाएका हुन् । बिहिवार प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको थियो । महासंघले कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोबाटै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य भएकाे भन्दै पत्रकार पक्राउकाे कडा शब्दमा निन्दा गरेकेा छ । महासचिव विष्टद्वारा जारी बिज्ञप्तीमा भनिएकाे छ, ‘कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो। पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भर्त्सना गर्दछ, पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरियोस् ।’,