विप्लवको कार्यकर्ता भन्दै काङ्ग्रेस सभापतिको घरमा प्रहरीको छापा !

२०७५ चैत्र १६ गते, शनिबार

काठमाडाैं, १६ चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको आधार क्षेत्र मानिने कपिलवस्तुको शिवगढिमा ब्यापक रूपमा प्रहरीले सर्च अप्रेसन चलाएको नेकपाले जनाएको छ । जिल्लाको शिवगढी नगरपालिका ९ स्थित गाउँगाउँमा करिब ३ सय भन्दा प्रहरीलले अप्रेसन चलाइरहेको जानकारी त्यहाँका स्थानीयले दिएका छन । विप्लवको कार्यकर्ता भन्दै काङ्ग्रेसका वडा सभापति हरि श्रेष्ठ लगायत दर्जनौं कार्यकर्ताको घरमा समेत प्रहरी जबर्जस्ती घुसेर अप्रेसन गरेको थियो । सो बारेमा जिल्ला सभापति सुरेन्द्रराज आचार्यले प्रहरी अप्रेसन प्रती खेद व्यक्त गरे । उनले नेपाल कम्युनिष्ट पार्टी राजनीतिक दल हो र उनिहरुलाइ सहमतिबाट राजनीतिको मुलधारमा नल्याई यस्तो अप्रेसन गर्नु युद्धको उद्द्घोष गरेजस्तो देखिन्छ, काङ्ग्रेसको घरम प्रहरी पसेको छ यसको जवाफ काङ्ग्रेसले दिन्छ, तत्काल प्रहरी शिवगढिबाट फिर्ता जाओस” उनले भने ।
उक्त नगरपालिका स्थित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” को गाउँगाउँमा सर्च अप्रेसन पनि अहिले चलाइरहेको खबर छ । यस भन्दा पहिले महासचिव विप्लवको गाउँमा सर्च अप्रेसन चलाएको थियो । अप्रेसन गरि नेकपाका समर्थकलाई घरबाट गिरफ्तार प्रहरी ब्यारेकमा पुर्यएर जङ्गलमा लगि गोलि हानेको थियो । उक्त अप्रेसनमा स्थानीय जनताले व्यापक रूपमा प्रतिरोध गरेका थियोे ।

प्रतिक्रियाहरु

[anycomment]