नेकपा स्याङ्जाका सेक्रेटरी गोकुलसहित २ जना गिरफ्तार

काठमाडाैं, १७ चैत । नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष जीवन भनिने गोविन्द ओली गिरफ्तार परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका १३ स्थित छहरीखोलामा पक्राउ गरेको नेकपाले जनाएको छ । दुवै जनालाई राज्य विरूद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धानका लागि शुक्रबार अदालतबाट तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।