‘एनसेल’ को ‘सिमकार्ड’ फिर्ता गर्न अपिल

काठमाडौ, २० चैत । विश्व चर्चित युवा अभियन्ता तथा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता नरबहादुर कार्कीले एनसेल सिम फर्काउनेे अभियानमा जुटेका छन् । नेता कार्की एनसेलले राज्यलाई कर नतिरेको भन्दै एनसेलको सिम फिर्ता गर्न ‘नो ट्याक्स नो एकसेल’ अभियानमा जुटेका हुन् । नेता कार्कीले अरबौ कर छलि गरेर एनसेलले नेपाली जनतामाथि लुट मच्चाएको भन्दै उक्त अभियानमा सहभागि हुन अपिल गरेका छन्। उनले सामाजिक संजाल फेसबुक पेजमा स्टाटस राख्दै एनसेल सिम फर्काउने आन्दोलन जरुरी भएको कुरा उल्लेख गरेका छन्। कार्कीले जनताको ७३ अर्ब छली गरेको, मिलेमतोमा ढाक्न खोजिन्छ, हक माग्दा दमन गरिन्छ भने हेरेर नबसौं भन्दै ‘एनसेल’ को लुटबिरुद्व सबै एकजुट हुन आह्वान गरेको छन्।
यसैगरी लोक प्रिय नायिका एवम् छोरीका लागि स्वणिम नेपाल, महाअभियानकी अभियान्ता रेखा थापाले पनि उक्त अभियानलाई समर्थन जनाएकी छन् ।उनले नेता कार्कीको स्टाटसलाई साभार गरेर आफ्नो फेशबुकमा राखेकि छन्।
दुई विश्व चर्चित युवा अभियन्ताले आन्दोलनको अगुवाई गरेपछी एनसेललाई ठुलो धक्का पुग्ने देखिएको छ । अहिले कार्की र थापाको स्टाटसमा समर्थन जनाउँदै सामाजिक संजाल प्रयोगकर्ताहरुले लाइक र सेयर गर्ने क्रम तिब्र भै रहेको छ ।