ने.क.पा. अछामका कार्यकर्ता गिरफ्तार

२०७५ चैत्र २३ गते, शनिबार

काठमाडौं, २३ चैत । नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्लाका चौरपाटी गाउँपालिकाबाट चैत २१ गते दिपक परियारलाई गिरफ्तार गरी शारिरिक तथा मानसिक चरम यातना दिएको बताइएको छ । दिपकलाई चरम यातना दिएर उनकै मोबाइलबाट जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई जवरजस्ती फोन गराउँदै घरघरमा गएर छापा मारी गिरफ्तार गर्ने गरेको बताइएको छ । सोही क्रममा गैर न्यायीक ढंगले चैत २२ गते बेलुका दिपककै फोनबाट फोन गरी रामचन्द्र बुढा ‘आदर्श’लाई पनि गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । अहिले देशभरी पुलिस प्रशासनले फोन र सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपाका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने रणनीति आपनाइरहेको देखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]